बिपन्न परिवारलाइ नेकपाका युवा को अगुवाइमा खाध्यान्न बितरण

609

सागर हुमागाई
रौतहट २० चैत्र रौतहटको चन्द्रपुर न.पा. ६ का युवा नेता तथा समाजसेवी सहदेव केसीको अगुवाइमा वडामा रहेका अति बिपन्न परिवारलाई अति आवश्यक खाध्यान्न सामाग्री बितरण गरिएको छ ।
नेकपामा आवद्ध रहेका युवाहरुले चन्द्रपुर ६ को बेल्डीनहरको डिलका २१ र लमाहामा १५ घर दुरी बस्दै आएका ३६ घर दुरीका दैनिक ज्यालादारी गर्ने गरिव बिपन्न परिवारलाई खाध्यान्न सामाग्री चामल ,नुन,तेल बितरण गरीएको नेकपाका स्थानिय युवा नेता सहदेव केसीले जानकारी दिनु भयो । परिवार सख्या हेरेर एक परिवार लाइ ७ किलो देखी १२ किलो सम्म चालम, एक किलो नुन, तेल, सावुन र अन्य सामाग्री बितरण गरीएको छ ।


लकडाउनका कारण काम गर्न जान नपाएको र हातमुख जोड्न समस्या भएकाहरु लाई मानवताको हिसावले सहयोग गरीएको र सवै ले यस्ता बर्गलाई सहयोग गर्न समेत केसीले आग्रह गरेका छन ।


यता चन्द्रपुर न.पा ले ज्यालादारी गर्ने अति गरिव बिपन्न परिवारलाई खाध्यान्न सामाग्री निशुल्क बितरण गर्ने भनिए पनि हाल सम्म बितरण नगरेकोमा स्थानियहरुले गुनासो पोख्दै आएका छन् । हुनेखानेले धमाधम नाम लेखाउदै खाध्यान्न सामाग्री लिएको र आफुहरु सुकुमबासी भएको कारण नगरपालिकाले हेला गरेको खिल ब. पहरीले बताए ।