चन्द्रपुर ७ द्धारा लामखुट्टे मार्ने स्प्रे छर्न सुरु

996

चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ले आजबाट निःशुल्क लामखुट्टे मार्ने स्प्रे छर्न सुरु गरेको छ । मास्क तथा साबुन बितरण गर्ने काम सकिएपछि वडा कार्यालयले वडाभरी लामखुट्टे मार्ने स्प्रे छर्न सुरु गरेको वडाध्यक्ष बिष्णुप्रसाद उप्रेतीले जानकारी दिनुभयो । लामखुट्टेका कारण मलेरिया लाग्न सक्ने भन्दै वडाकार्यालयले चिभाईभल १०० डब्लु पी नामक लामखुट्टे बिरुद्धको औषधी छर्कन सुरु गरेको वडाध्यक्ष उप्रेतीले बताउनुभयो ।


चन्द्रपुर ७ का १ हजार ३ सय २३ घरधुरीमा लामखुट्टे मार्ने स्प्रे छरिने भएकाले आआफ्नो घरमा औषधी छर्कन आउनेहरुलाई सहयोग गर्न वडाध्यक्ष उप्रेतीले अनुरोध समेत गर्नुभएको छ ।