लकडाउनले रौतहट पुर्ण रुपमा सुनसान

568
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

रौतहट १६ चैत्र । सरकार द्धारा जारी लकडाउनको आज छैठौ दिन रौतहट पुर्ण रुपमा सुनसान रहेको छ । जिल्लाको मुख्य भिड हुने ठाउ चन्द्रनिगाहपुर,गरुडा र सदरमुकाम गौर पुर्ण रुपमा सुनसान भएको छ । लकडाउनको स्थानीयले पालन गरेका छन ।यस्तै भारत सहित तेस्रो मुलुक बाट आउने मानिसहरुको नीगरानी बढाइएको छ ।

कोराना भाइरस फैलन नदिन रौतहटको १७ स्थानीय तह सहित सुरक्षा निकाय र नीजि अस्पतालले २१ स्थानमा बनाएको अस्थायी क्वारेन्टाइन ७६ जना रहेका छन । रौतहटमा ५ सय १८ बेडको अस्थायी क्वारेन्टाईन निमार्ण गरिएको छ ।

नबआगन्तुक लाई गाउ प्रबेश रोक्न स्थानीयले आफै बाटो अबरुद्ध गरेका छन । कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले लिएको लकडाउनको नीति संगै स्थानीय आफै जागरुक बनेका छन । प्रमुख शहर बजारमा मानिसहरुको चहल पहल छैन भने ग्रामिण भेगमा आवातजावत हुने बाटो स्थानीय आफैले बन्द गरेका हुन । चोक चोकमा नेपाल प्रहरी र ससस्त्र प्रहरीको बाक्लो उपश्थिती रहेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा अबधिमा घर बाट बाहिर ननिस्कन सर्बसाधारण लाई आग्रह गरेको छ