स्वास्थ्य हट लाईन संचालनमा

523

रौतहट १५ चैत्र । कोराना भाईरस बाट जोगाउन रौतहटका १७ स्थानीय तहमा अस्थायी क्वारेन्टाईन संचालनमा आएको छ । तीन स्थानमा स्वास्थ्य हट लाईन संचालनमा ल्याइएको छ । कोराना भाईरस सम्बन्धि जिज्ञासा, सुझाब र सल्लाह उक्त हटलाईनमा दिन सकिनेछ । चन्द्रनिगाहपुरको लागि हट लाईन ९८५५०४५९४०, गरुडाको लागि ९८५५०४४९३० र गौरको लागि ९८५५०४५९३० रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । सर्बसाधारणको सुबिधाको लागि कोराना भाईरस रोग तथा सोको निदान एबम उपचार सम्बन्धमा परामर्श दिनको लागि हटलाई सेबा संचालनमा ल्याइएको हो ।