चन्द्रपुर। रौतहटमा तरकारीको मुल्य आकासिएको छ । चन्द्रपुर नगरपालिकासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको हो । देश कोरोना भाईरसका कारण लकडाउनमा रहेको बेला तरकारी व्यापारीले भने मनलाग्दी मुल्य बढाएको चन्द्रपुरका श्याम मोक्तानले बताए ।
उनका अनुसार लकडाउनको बहानामा व्यापारीले खुर्सानी ८० रुपैया पाउ,(किलोको ३ सय बिस),गोलभेडा ६० रुपैंया,काउली ५०,बन्दा ५०,कागती २० रुपैंया प्रतिगोटामा बिक्रि गरेको उनले बताए । चन्द्रपुर ६ को हाटबजारमा रहेको तरकारी पसलले मनलाग्दी मुल्य लिने गरेको भएपनि नियामनकारी निकायको त्यसतर्फ ध्यान जान सकेको छैन । पहिला ८० रुपैंयाा प्रतिकिलोमा पाईने खुर्सानीको मुल्य चारगुणा बढेको छ भने ३ देखी ५ रुपैंया प्रतिगोटा पाईने कागती २० रुपैंया पुगेको छ । ३० रुपैंया प्रतिकेजी पाईने गोलभेंडा,काउलीको दाम दोब्बर बनेको छ । उता,गरुडा,गौरको हालत पनि त्यस्तै रहेको त्यहाँका उपभोक्ताले जानकारी दिएका छन् । लकडाउनको बहाना बनाएर मनलाग्दी रुपमा तरकारीको मुल्यबृद्धि गर्नेलाई कारवाही गरिनुपर्ने नेपाली कांग्रेस महासमिति सदस्य मुकेश गिरीले बताए । आपतकालिन अवस्थामा स्थानीय सरकारले आफ्ना जनताको बारेमा सोच्नु पर्ने भएपनि त्यो हुन नसक्दा र अनुगमन नहुदा उपभोक्ता सधैँ ठगिदै आउन बाध्य रहेको गिरीको आरोप छ।
हरियो तरकारीमा मनलाग्दीःहरियो खुर्सानी ३ सय २०,कागती प्रतिगोटा २० रुपैंया
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg