सागर हुमागाई चैत १४
कोरोनो भाइरसले विश्व माहामारीको रुप लिए पछि नेपाल सरकारले मंगलबार देखी देश भरीनै लकडाउनको घोषण गरेको थियो । लकडाउनको घोषण गरे संगै देश भरीकै सुरक्षाकर्मी,स्वास्थयकर्मी,संचारकर्मीहरु अवरात्र खटिरहेका छन । लकडाउनको बेला नागरीकहरुलाई घरमै बस्न भनिएको छ भने अत्यावश्यक सेवामा खटिनेहरुका लागी चन्द्रनिगाहपुर युवाहरुले मास्क,पानी,सेनिटाइजर र फुर्टि निशुल्क बितरण गरेका छन् । लगडाउन अवज्ञा गर्नेलाई नियत्रण गर्न बिभिन्न ठाउमा खटिएका नेपाल प्रहरी,ट््राफिक प्रहरी,र शस्त्र प्रहरी बललाई पिउने पानि र मास्कको अभाव भएको महसुस गर्दै चन्द्रनिगाहपुर युवा समुहले उत्त सामाग्री बितरण गरेका हुन् ।

दिनभरी बिभिन्न ठाउमाखटिएको प्रहरी धेरैको सम्पर्कमा आउने भएकाले पिउने पानी समेतको अभाव भएकोले र कोहि पनि सत्रमण नहुन भनि यस्ता सामाग्री बितरण गरेको युवा समुहका अभिषेक राणा मगर बताउछन । उनले भने हामी त घर भित्र सुरक्षित छौ तर हाम्रा लागी खटिने सुरक्षाकर्मीको अवस्था भने असुरक्षित रहेको कारण यो कार्य गरेको उनले बताए ।देशनै संकटकालिन अवस्थामा रहेको बेला सबै आफ्नो स्थान बाट सहयोग गनुै पर्ने बताए ।
अभियानमा हिडेका अर्का ब्यक्ति सुजन तामाङ्गले यस्तो बेलमा नगरपाकिाले पनि यस्ता कार्यमा चासो देखाउने बताए । देशलाई घरलाई अफ्टेरो पर्दा सहयोग गर्न अघि बढ्ने प्रशासनलाई यो समयमा सहयोग गर्न आग्रह गरे ।

यस्तै युवाहरुले इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर का प्रमुख हेम शाहि र जिल्ला ट्रफिक प्रहरी कार्यलय का प्रमुख शेैेलेस नेउपानेलाई मास्क,पानी, र फुर्टि हस्तानतरण गरी सहयोग गरेका थिए ।
यो अभियान संचालन गर्न चन्द्रोदय साकोसले करीब ५०० थान मास्क,अनिशा खड्का र युबक राइले केही आवश्यक नगद,भिष्म कोल्ड स्टोरले जुस र चन्द्रपुर ६ निवासी आइत जिम्बाले सवारी साधन उपलब्द गराएका थिए ।

सुरक्षमा खटिएका प्रहरीलाई पिउने पानी र मास्क बितरण गर्दै सामाजीक अभियन्ता सुजन तामाङ्ग .
