चन्द्रपुरमा विज्ञान विषयको प्रश्नपत्र परिक्षा अगाबै बाहिरियो,परिक्षा रद्ध गर्ने तयारी

705

चन्द्रपुर। चन्द्रपुर नगरपालिकाले आफ्ना नगरभित्रका विद्यालयका बिद्यार्र्थीका लागि तयार पारेको प्रश्नपत्र बाहिरिएको छ । आज बुधबारको विज्ञान विषयको परिक्षाका लागि तयार पारिएको विज्ञान विषयको प्रश्नपत्र परिक्षा अगाडीनै विद्यार्थीको हातमा फेला परेको हो । चन्द्रपुर ८ सन्तपुरस्थित सुबलाल भागबत मा.विमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरु राजन यादब,राकेश यादब र अनिल यादबको हातबाट प्रश्नपत्र परिक्षा अगाबै फेला परेको थियो । उनिहरुले चन्द्रपुरमा रहेको प्रभात अफसेट प्रेसबाट प्रश्नपत्र पाएको बताएका छन् । चन्द्रपुर नगरपालिका शिक्षा शाखाका अधिकृत तथा बिद्यालय निरीक्षक दिपेन्द्र मण्डलले प्रश्नपत्र बाहिरिएको पुष्टि गर्दै परिक्षा स्थगित गरिने बताए । उनले प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन समिति गठन गरिने र दोषीलाई कारवाही गरिने बताए ।