समाजसेवी चौधरीद्धारा मास्क बितरण

814

चन्द्रपुर,३ चैत ।
रौतहटको चन्द्रपुर नगरपालिका ६ मा रहेको २ वटा विद्यालयमा ३ सय थान मास्क बितरण गरिएको छ ।
विश्वव्यापी माहामारीको रुपमा रहेको कोरोना भाईरसबाट बच्नका लागी मास्क बितरण गरिएको हो । स्थानीय समाजसेवी बलिराम चौधरीको व्यक्तिगत पहलमा चन्द्रपुर ६ बेल्टीमा रहेको श्री आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक गरेर १५० थान मास्क बितरण गरिएको चौधरीले जानकारी दिए । त्यस्तै सोही वडामा रहेको श्री हातेमालो आवासीय माविमका विद्यार्थी र शिक्षक गरेर १५० थान मास्क बितरण गरिएको चौधरीले जानकारी दिए । चौधरीले केही दिनमै चनद्रपुरका बिभिन्न स्थानमा मास्क बितरण गर्ने योजना रहेको बताए ।