वृन्दाबनमा सनिबारदेखी छोरी शिक्षा बिमा कार्यक्रम सुरु

1364
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

बृन्दावन÷रौतहटको बृन्दावन नगरपालिकामा छोरी शिक्षा बिमा कार्यक्र सुरु भएको छ । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा मुद्वती बचत शिविर वृन्दाबन नपामा सुरु भएको छ ।
वृन्दाबन नपाका उपमेयर नुरजहान खातुन र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले संयुक्त रूपमा दिप प्रज्वलन गरि कार्यक्रम को उदघाटन गरेका थिए । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा उपमेयर खातुनको अध्यक्षता रहेको थियोे । कार्यक्रम को संचालन रमेश यादवले गरेका थिए भने कार्यक्रम को समापन उपमेयर खातुनले गरेकि थिईन् ।
बृन्दाबन नपाको प्रांगणमा पहिलो दिन शिविर राखिएको थियो जसमा ६० जना छोरी हरूको विमा गरिएको बेटि पढाउ ,बेटी बचाउ अभियान रौतहटका संयोजक कृष्णा साहले जानकारी गराए ।
२०७६ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएको थियो ।
बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैया“ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले ३ लाखको लागि पर्ने प्रिमियम जम्मा गर्नेछ ।
सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएको छ । सो रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएको छ । आज फागुन १८ गते वाड नम्बर ४,५को लागि हर्दिया वडा कार्यालयमा र फागुन १९ गते वडा नम्बर ६ , ७,८ र ९ को शिविर वडा कार्यालय सखुअवा धमौरामा शिविर संचालन हुने बृन्दावन नपाका स्वास्थ्य सह संयोजक रामनरेश प्रसाद यादवले जानकारी गराए ।