चन्द्रोदय साकोसको सहकारी व्यावसायीकरण तालिम पोखरामा समपन्न

1144
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

फगुन ११ पोखरा
सागर हुमागाई
चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लि.को सहकारी व्यावसायिकरण तिन दिने तालिम पोखरामा समपन्न भएको छ । पोखरा स्थित टिका रिसोर्टको सभा हलमा चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लि. को अध्यक्ष प्रकाश गहतराजको सभापतित्वमा सहकारी व्यावसायिकरण तालिम शनिबार समपन्न भएको हो । कार्यत्रममा प्रमुख अतिथी कास्की जिल्ला सहकारी संघ का अध्यक्ष रबि रमण तिवारी, बिशिस्ट अतिथीहरुमा राष्ट्रिय सहकारी बैकं पोखराका शाखा प्रबन्धक संतोष घिमिरे र प्रशिक्षक सुर्यप्रसाद रिमाल रहनु भएको थियो ,भने अतिथीहरुमा चन्द्रोदय साकोसका सल्लाहकार संयोजक कालिन्दी घिमिरे र चन्द्रोदय साकोसका विभिन्न पदआधिकारी को सहभागीमा तालिम समपन्न भएको छ।

कार्यत्रममा बोल्दै प्रमुख अतिथी कास्की जिल्ला सहकारी संघ का अध्यक्ष रबि रमण तिवारीले यस तालिमले सहकारीलाई थप व्यावसायिक बनाउन मदत पुर्याउने बताउनु भयो । सहकारी लाइ दिगो बनाएर अघि बड्न,सहकारी सम्बन्धि तालिम को आयोजना अहिले को आवशयक्ता रहेको बताउनु भयो ।साथै सहकारी सस्थाले सामाजिक कार्य गर्दै आएकोमा खुसी ब्यक्त्त गर्दै उहाले चन्द्रोदय साकोसले समाजमा पुर्याएको योगदानको खुलेर प्रशंसा गर्नु भयो ।

तिन दिनको तालिममा सहकारीलाई कसरी अघि बढाउने र सहकारीलाई समृदि बनाउन के के गर्नु पर्दछ भन्ने बिषयमा तालिम दिएको थियो । मिसन सहकारी उपनाम दिइएको उत्त तिन दिने तालिममा संस्थाको हालको अवस्था,समस्या, सहकारीको एन र अनुशासन,आगमी रणनीति र सहकारी योजना तथा अर्थको बिकाश बारेमा तालिम दिएको चन्द्रोदय साकोसका प्रवत्ता दिवाकर सापकोटाले जानकारी दिनु भयो । तालिममा कर्मचारी छनोट र निउत्ति,संचालक समितिको आचार सहित्ता,ऋण बिशलेष्णका आधार,समिति तथा पदाधिकारी को मुल्याकंणको बारेमा तालिम दिएको थियो ।
यस्तै सहकारी व्यावसायिकरण तालिमको प्रशिक्षण राष्ट्रिय सहकारी बैकंका प्रशिक्षक सुर्यप्रसाद रिमालले दिनु भएको थियो ।


तिन दिने तालिम प्रप्त भए पछि संस्थालाई थप बलियो र उत्कृष्ट बनाउन मदत पुग्ने तालिममा सहभागिहरुले जनाएका छन् । कार्यत्रममा चन्द्रोदय साकोसका सल्लाहकार समिति संयोजक कालिन्दी घिमिरे, साकोसका कोषाध्यक्ष, सचिव, लेखा समिती संयोजक लगायत साकोस परिवार बाट बिस जनाले सहकारी व्यवसायीकरण तालिम मा सहभागी जनाएको चन्द्रोदय साकोसका प्रवत्ता दिवाकर सापकोटाले जानकारी दिनु भयो ।
साथै कार्यत्रमका प्रमुख अतिथि,बिशिस्ट अतिथी, प्रशिक्षक सुर्य रिमाल, होटल टिका रिर्साेटका संचालक अतिथीहरु र समपुर्ण सहभागीलाई चन्द्रोदय साकोसका अध्यक्ष को हातबाट प्रमाण पत्र वितरण गरिएको थियो ।