चन्द्रपुर ७ नम्बर वडा कार्यालयको भवन शिलान्यास

793

चन्द्रपुर /चन्द्रपुर नगरपालिका ७ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । चन्द्रपुर ७ का वडाध्यक्ष बिष्णुप्रसाद उप्रेतीले शुक्रबार पुजा गरेर वडा कायालय भवनको शिलान्यास गर्नुभएको हो । बनबहुअरी प्रहरी चौकी अगाडी भवन निर्माण हुन लागेको हो । वडा कार्यालयको बार्षिक बजेटको ३५ लाख रुपैंया वडा कार्यालय भवन बनाउन छुट्टाईएको थियो । सोही रकम बराबर ५ कोठे पक्की भवन बनाउन लागिएको वडाध्यक्ष उप्रेतीले बताउनुभयो । वडा कार्यालयको आफ्नै भवन नहुंदा भाडाको घरबाट कार्यालय संचालित हुंदै आएको थियो ।

स्थानीय समाजसेवीद्धय प्रदिप शिवाकोटीको अध्यक्षता र दिलबहादुर बस्नेत सचिव रहेका वडा कार्यालय भवन निर्माण समितिले २ महिना भित्र भवन निर्माण सम्पन्नन गर्ने लक्ष लिएको छ । अध्यक्ष शिवाकोटीका अनुसार भुकम्प प्रतिरोधी वडा भवन बनाउन लागिएको हो ।
शिलान्यास कार्यक्रममा वडाका सदस्यहरु,ईद महमद,सम्झना कामी,साईदा खातुन,भुमिराज कार्की लगायत सयौं वडाबासिहरुको उपस्थिती रहेको थियो ।

पछिल्लो ३० महिनामा ७ नम्बर वडामा कालोपत्रे,कलभर्ट निर्माण,नाला निर्माण,सामुदायिक भवन निर्माणका कार्य तिब्र गतिमा हुंदै आएको छ । वडाको विकाशमा वडाध्यक्ष उप्रेतीले स्थानीय बासिन्दा पुर्ण साथ र सहयोग पाउनुभएको छ । वडा भवन शिलान्यास भएपछि वडाबासि खुसी भएका छन् भने वडा भवन बनाउन नदिन चलखेल गर्ने केही राजनीतिक दलका स्थानीय नेताहरु सलबलाउन छाडेका छन् ।