समिर भट्टराईःराजनीतिमा दोश्रो पुस्ताको आशालाग्दा नेता

1259

रौतहट / २०३८ साल फागुन ७ गते आमा टिकामाया भट्टराई र बुबा लक्ष्मण भट्टराईको कोखबाट दोस्रो सन्तानको रुपमा रौतहटको चन्द्रनिगाहापुरमा जन्मिनुभएका समिर भट्टराई रौतहटेली युवाको ढुकढुकी हुनुहुन्छ । सरल जीवनशैली,सामान्य खानपान मन पराउने उहा“ साना केटाकेटी,युवा र बृद्व—बृद्धाहरु सबैसंग सजिलै घुलमिल हुन् सक्नुहुन्छ । सानै उमेरदेखि सामाजिक रुपमा सक्रिय उहा“ अहिले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य एवम् रौतहट जिल्लाको इन्चार्ज हुनुहुन्छ ।२०५१ सालदेखि बिद्यार्थी राजनीति सुरु गर्नुभएको उहा“ साबिक चन्द्रनिगाहापुरको दुर्गा माबिमा तात्कालिन अनेरास्ववियु क्रान्तिकारीको अध्यक्ष हुदै २०५३ सालमा दुर्गा माबिबाटै एसएलसी दिएपछि उहा“ उच्च शिक्षा हासिल गर्नका लागि काठमाण्डौ जानुभयो र सरस्वती क्याम्पसमा भर्ना भई पढाइ संगसंगै पार्टीको काममा क्रियाशील भएर लाग्नुभयो ।
यसक्रममा उहा“ थुनामा समेत पर्नुभायो तर त्यो घटनाले उहा“लाई अझै क्रियाशील हुन् प्रेरणा दियो । उहा“ आफ्नो हितलाई संगठनको हितको अधिनस्त राखेर हिड्ने भएकाले संगठनले ७ वर्षसम्म उपत्यकाको जिम्मेवारी दियो । उहा“ले संगठनको एकता र हार्दिकतामा आ“च आउने कुनै काम गर्नुभएन जसका कारण उहा“ संगठनको केन्द्रिय सदस्य हुनुभयो, त्यसपछि पार्टिको केन्द्रिय सदस्य हुनुभयो । राजनीतिमा कमै उमेरमा बिभिन्न आरोह अबरोह पार गर्दै आउनुभएका आदरणीय कमरेड समिर भट्टराइको बायापट्टि छातिनेर अहिले तीनओटा गोलि छ,तरपनि उहा आफुलाई सबैसामु सामान्य रुपमा प्रस्तुत गर्नुहुन्छ । तत्कालिन माओबादीले थालेको युद्वका बेला २०६१ साल बैशाख १० गते बिहान धादिङको मलेखु खोलानजिक सेनाले घेराबन्दी गरि एकोहोरो गोलि चलाउदा शरीरमा एकैपटक ७ ओटा गोलि लागेको थियो । साना साना हतियारसहित संगठन बिस्तार गर्न गेको तत्कालिन माओवादीको टोलीले सेनाका विरुद्व कसरी प्रतिकार गर्न सक्थ्यो र ? उहा“को शरीर रगताम्य भयो ,उहा“लाई गोलि लागेपछि सुरक्षा फौजीको निशाना छलेर बाराको जंगल हुदै टोलि त्यहाबाट भागेर उपचारका लागि उहा“लाई दिल्ली लागिएको थियो तर लुकेर दिल्ली जा“दा पुग्न समय लाग्यो,करिब एक महिनापछि शल्यक्रिया गरि चारओटा ईन्सास राईफलको गोलि निकालियो तर तीन ओटा गोलि निकाल्न नमिल्नेभनेर चिकित्सकले सुझाब दिएपछि उहा“ डराउनुभयो र झिक्न मान्नुभएन,तीनवटा गोलि फोक्सोमा टा“सिएको हुनाले १५ वर्षदेखि शरीरभित्रै छ । उहा“ले नियमित रुपमै औषधि सेवन गर्नुहुन्छ,चिसो मौसममा उहा“लाई हि“डडुल गर्न अलि गाह्रो भएपनि उहा“ पार्टिले दिएको जिम्मेवारी पुरा गर्न सधै लागि पर्नुहुन्छ, दुख्नासाथ उपचारका लागि काठमाण्डौको नर्भिक अस्पताल गईहाल्नुहुन्छ । उक्त घटना पछि उहा“ आफ्नै गृहजिल्ला रौतहट फर्कनुभयो र जिल्लाका जिल्लाका विभिन्न स्थानमा भएका भिडन्तमा सहभागी हुनुभयो । जिल्ला फर्केको एक वर्षपछि असाराको महिनामा रौतहटको कटानीमा उहासहित तात्कालिन माओबादिका कार्यकर्ताहरु सेनाको घेराबन्दीमा पर्नुभयो र भाग्ने क्रममा नजिकैको लमाहा खोलामा हाम फाल्नुभयो । बाढिले बगाएर किनारमा फालेछ,अचेत अवस्थामा कार्यकर्ताले उद्वार गरेको कुरा उहा“ आफै बताउनुहुन्छ र भन्नुहुन्छ साथीहरुले उद्वार नगरेको भए मर्ने थिए होला । पटकपटक जीवनदान पाउनुभएका आदरणीय कमरेड हामि युवाहरुको प्रेरणा हुनुहुन्छ । उहा“ २०६५ सालमा ८ महिना बेडमै थला पर्नुभयो,त्यति बेला उद्योगपति बसन्त चौधरीले उहा“लाई उपचारका निम्ति भारतको अर्र्टीिमज अस्पतालमा लाग्नुभएको थियो र आजसम्म उपचारमा चौधरीले नै सहयोग गर्दै आउनुभएको छ ।
उहा“ले तत्कालिन माओबादी भोजपुराको उपब्युरो ,ब्युरो केन्द्रिय सदस्य र पोलिटब्युरो सदस्य समेत भएर काम गर्नुभयो । गएको स्थानीय निर्वाचनमा न्यून मतले नगरप्रमुखमा पराजित हुनुभएका उहा“ले आफ्नो राजनीतिक प्रेरणाको श्रोत बुवा लक्ष्मण भट्टराइलाई मान्नुहुन्छ । सबैका समस्या सुन्ने,कुनै मान र सम्मानको आशा नगरी आम जनसमुदायको पक्षमा सधै समर्पित हुने उहा“को बानीले उहाको उचाई झन् गर्विलो बनेको छ । चन्द्रपुरको एउटा मध्यम बर्गको परिवारको सदस्य आज एक अनुशासित कर्तब्यनिष्ट,जनबादी केन्द्रीयताको अधिनमा रहने ,विधिको शासन मान्ने हामि सबैको प्रिय नेता हुनुहुन्छ । उहा“ले बेलाबेला भन्ने गर्नुहुन्छ ‘यो बारबार मारेर बाचेको,नाफाको जिन्दगी हो,जबसम्म सास रहन्छ तबसम्म जनताको सेवा गरिरहनेछु’त्यसैले आदरणीय कमरेड तपाई हाम्रो प्रेरणा हुनुहुन्छ,तपाईले कोरेका बाटाहरु हामि पछ्याईरहनेछौ,तपाई केवल टिकामाया आमाको मात्र छोरा होईन रौतहटको छोरा हुनुहुन्छ र यो मुलुककै छोरा भएको हामी हेर्न चाहन्छौ । जन्मदिनको लाखौ लाख शुभकामना कमरेड ‘समिर’।
आरती भण्डारी
केन्द्रिय सदस्य ,अनेरास्वबियू