जन ज्योति प्रीमियर लिग,जन ज्योति बहुमुखी क्याम्पस स्नातक तेस्रो र चौथो वर्षमा अध्ययनरत संयुक्त टिम बिजयी

1544


सागर हुमागाई /चन्द्रपुर–६
रौतहटको चन्द्रपुर–६ स्थित जन ज्योति माध्यामिक बिद्यालयमा आयोजित पाचौं जन ज्योति प्रीमियर लिग २०७६ प्रतियोगिताको फाइनल खेलमा जन ज्योति बहुमुखी क्याम्पसका स्नातक तेस्रो र चौथो वर्षमा अध्ययनरत संयुक्त टिम बिजयी भएको छ । मंगलवार भएको फाइनल खेलमा जन ज्योति माध्यामिक बिद्यालयलका कक्ष १२ को टिमले ५२ रनको लक्ष्य दिएको थियो । खेल सुूरु भएदेखी राम्रो प्रदर्शन गर्दै अएको संयुक्त टिमले ७.४ ओभरमा ५२ रनको लक्ष्य पुरा गर्दैै ५ बिकेटले बिजयी भएको छ ।

उत्त प्रतियोगितामा संयुक्त टिमका खेलाडीहरु बेस्ट ब्याट्सम्यानमा देबराज कार्की ,बेस्ट बलरमा शिवनाथ झा,बेस्ट फिल्डरमा लुकमान अख्तर घोषित भएका थिए भने , म्यान अफ द सिरिजको उपाधि रुपलाल साहले पाएको स्वतन्त्र बिद्यार्थी युनियन,जन ज्योति क्याम्पसका सभापति संगम श्रेष्ठले जनसरोकारलाई जानकारी दिनु भयो ।
प्रतियोगितामा बिजयी भएका टिमलाई सिल्ड, प्रमाण पत्र,मेडल र नगद पाच हजार सहित सम्मान गरिएको र उप–बिजेता जन ज्योति माध्यामिक बिद्यालयलाई सिल्ड,प्रमाण पत्र ,मेडल र नगद पच्चिस सय सहित सम्मान गरिएको स्नातक चौथो वर्षमा अध्ययनरत बिद्यार्थी पवन भट्टले जानकारी दिनुभयो ।

सो प्रतियोतिमा जन ज्योति माध्यामिक बिद्यालय तथा जन ज्योति बहुमुखी क्याम्पसका सम्पुर्ण शिक्षक महिला शिक्षक र छात्र/छात्राहरुको सहभागिता रहेको थियो । स्वतन्त्र बिद्यार्थी युनियनमा सभापति संगम श्रेष्ठले हरेक बर्ष जन ज्योति प्रीमियर लिग भए जस्तै बिशेष हाम्रा छात्राहरुको लागि पनि महिला फुटबलको छिटै आयोजना हुने बताउनु भयो ।