सलमानको राधे फिल्मको एक एक्सन सिनमा ८ करोड खर्च गरिदै

555

मुम्बई–सलमान खानको नया फिल्म राधेःयोर मोस्ट वान्टेड भाई को निर्माण घोषणा भैसकेको छ । यसको बज अहिलेदेखि नै बन्न सुरु भएको छ । सलमानले यो फिल्ममा वान्टेड भन्दा पनि खतरनाक एक्सन हुने बताएर एक्साइटमेन्ट क्रिएट गरेका छन् । फिल्म यो वर्षको अन्त्यमा रिलिज हुनेछ । भारतीय मिडियाका अनुसार, फिल्मको क्लाइमेक्समा ठूलो रकम खर्च गरिदैछ ।
बम्बे टाइम्सको रिपोर्टका अनुसार, अभिनेता सलमान खानको फिल्म राधे को क्लाइमेक्समा हेभी भीएफएक्स टेकनिक प्रयोग गरिनेछ । फिल्मका मेकर्स त्यही टेकनिक अपनाउँदैछन्, जुन बाहुबली को दुई सिरिजमा प्रयोग गरिएको थियो ।

प्राप्त जानकारी अनुसार, फिल्मको २० मिनेटको एक्सन सिक्वेन्समा साढे ७ करोड भारतीय रुपैया खर्च गर्न सलमानले अनुमति दिएका छन् ।
राधे को एक्सन सिक्वेन्समा अभिनेता द्वय सलमान खान र रणदीप हुड्डा भिडन्त गर्दै देखिनेछन् । भारतीय मिडियाका अनुसार, क्रोमामा सुट गर्न यति महँगो पर्छ कि यो ठूलो मेकर्सले मात्र प्रयोग गर्न सक्छन् । यसमा जुन प्रकारको लाइट्सको प्रयोग हुन्छ, त्यो निकै महँगो पर्छ । त्यस्तै, भीएफएक्समा ब्याकग्राउन्डको डिजिटली हटाइन्छ र जुन ब्याकग्राउन्ड आवश्यक पर्छ त्यो राखिन्छ ।
राधे सन् २००९ मा आएको प्रभुदेवा निर्देिर्शत फिल्म वान्डेटको सिक्वेल बताइएको छ । फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री दिशा पाटनी देखिदैछन् । उनीहरुले यसअघि फिल्म भारतमा काम गरेका थिए । यो जोडीलाई पुनः पर्दामा हेर्न दर्शक निकै आतुर छन् । फिल्मलाई प्रभुदेवाले निर्देशन गरिरहेका छन् । फिल्ममा सलमान पुलिस अफिसरको भूमिकामा हुनेछन् ।