चौदण्डीगडी नगरपालिका र चन्द्रपुर नगरपालिका बिजयी

460

चन्द्रपुर,१४ माघ ।
रौतहटमा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको पा“चौ दिन मंगलबार भएको दुई खेलमा उदपुरको चौदण्डीगडी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका बिजयी भएको छ ।
सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका लाई २ का बिरुद्ध ५ गोलले हराउदै चन्द्रपुर नगरपालिका बिजयी भएको छ भने दोस्रो खेलमा शुन्यका बिरुद्ध ५ गोलले नुवाकोटको बिदुर नगरपालिका लाई हराउदै उदयपुरको चौदण्डीगडी नगरपालिका बिजयी भएको छ ।
स्वर्गीय शेर बहादुर दर्लामी हातेमालो खेल मैदानमा भएको पहिलो खेलमा चौदण्डीगणी नगरपालिकाकाको खलाडीको एकोहोरो दबाबको सामना नुवाकोटको बिदुर नगरपालिकाका खेलाडीले गर्नु प¥यो । खेलको मध्यान्तर अघिको २४औ मिनेट र ३९ औ मिनेटमा जर्सी नम्बर १५ की अनुष्का शेर्पाले २ गोल, २६ औ र ७२ औ मिनेटमा जर्सीनम्बर २१ की मनिता तामाङ, ४२ औ मिनेटमा जर्सीनम्बर १८ की सोमलुङ्गा राईले १ गोल गर्दै खेलमा बिजयी भएको हो । मध्यान्तर अघि चार गोल गर्न सफल चौदण्डीगडी नगरपालिकाको तर्फ बाट मध्यान्तर पछिको खेलमा अर्को एक गोल मनिता तामाङले गरेर आफनो टिमको निर्णायक गोल गरेकी छिन । उक्त खेलमा चौदण्डीगडी नगरपालिकाको अनुष्का शेर्पा वमन अफदी म्चाच घोषित भईन । यस्तै दोस्रो खेलको पहिलो १ मिनेटमा चन्द्रपुर नगरपालिकाको तर्फ बाट जर्सीनम्बर ९ की रजनी ठोकरले पहिलो १ गोल गर्दै खेल लाई अग्रता दिलाईन भने १५ आंै मिनेट जर्सीनम्बर ८ की मनिषा राउतले अर्को एक गोल गरेर आफनो टिमको पक्षमा खेल पारिन । खेलको ३६ औ मिनेटमा जर्सीनम्बर १० की सबिता राना मगरले एक गोल गरिन भने मध्यान्तर पछिको खेल सकिनु अघिको ९४ आंै मिनेटमा उनैले अर्को एक गोल गरिन ।
खेल लाई अग्रता दिलाउने क्रमको ३८ औ मिनेटमा जर्सीनम्बर ९ की रजनी ठोकरले १ गोल गरिन । मध्यान्तर अघि खासै प्रर्दशन देखाउन नसकेको बाहबिसे नगरपालिकाको टिमले मध्यान्तर पछिको खेल भने उत्कृष्ट प्रर्दशन गरेको छ । मध्यान्तर पछिको पहिलो १ मिनेटमा बाहबिसे नगरपालिकाको जर्सीनम्बर १७ की पार्बती घलेले गोल गरिन भने ६० औ मिनेटमा जर्सीनम्बर ८ की सुष्मा तामाङले १ गोल गरेपनि २ गोलमै सीमित हुन पुग्यो । दोस्रो खेलको वमन अफ दी म्याच चन्द्रपुर नगरपालिका सबिता राना मगर पुरस्कृत भईन ।