ढुंगा कोरेर जीवन धान्दै सञ्जय

535

चन्द्रपुर,०१ माघ ।
रौतहट र मकवानपुरको सिरानमा रहेको चुरेफेदीमा पुग्दा ढुंगाबाट बनेका सामाग्रीहरु राखिएका थिए । खोलाको छेउमा सिलौटा र जातो राखिएका थिए ।
ढुंगामा बुट्टा कुदेर बनाइएका ती सिलौटाहरु टाढैबाट आकर्षक देखिन्थे ।
एक व्यक्ति त्यही बसेर ढुंगामा छेनी हानिरहेका थिए । गौर नगरपालिकाका सञ्जय कुमार शर्मा आफ्नो परिवार पाल्नका लागी बिगत लामो समयदेखी सो स्थानमा ढुंगामा आफ्नो भाग्य खोज्ने प्रयास गरिरहेका थिए । उनले ढंगा कुंदेर बनेको सामाग्री बिक्रि गर्दै बिगत १० बर्षदेखी आफ्नो घर चलाउंदै आएको बताए ।
उनको २ छोरा र १ छोरी गरे ५ जनाको परिवार छ । श्रीमती पिंकी शर्मा र दुबै छोराहरु उनलाई सघाउछन् ।
छोरी कञ्चनलाई भने उनले पढाईरहेका छन् । ढुंगामा आफने भाग्य खोज्दै परिवार पालिरहेका सञ्जय सुकुम्बासी हुन । उनको न त घर छ,न त जमिन ।
दिनभरी ढुंगा खोज्ने र हतौडा,छेनीसंग खेल्ने उनको परिवारको दैनिकीनै बनेको छ । यसरी दुख गरेर ढुंगा कुंदेपछि गांउगांउमा पुग्ने बच्ने गरेको उनले बताए ।
एक सिलौटा बेचेर ३ सय देखी ४ सय सम्म कमाई हुने गरेको उनले बताए । कहिलेकांही सिलौटा बिक्रि नहुंदा भोकै बस्नुपर्ने दुखेसो पोख्दै उनले सुकुम्बासीलाई राज्यले हेर्नुपर्ने बताउंछन् ।
ढुंगालाई हतौडाले हिर्काउदै नयाँ आकार दिने उनलाई ढुंगामा हिर्काउदा उछिट्टिएका ढुंगाका टुक्राले आ“खा र अनुहारमा चोट समेत लाग्ने गरेको उनी बताउंछन् । लसुरुमा सिक्दा त यस्ता चोट दिनहु लाग्ने गरेको पिंडा उनले सुनाए । मेहेनत र समयको तुलनामा कमाई कमै भएपनि जेनतेन गुजारा चलाउनु आफ्नो बाध्यता रहेको उनले सुनाए ।