भारतीय कारको ठक्करले २ जना घाईते

564

चन्द्रपुर,२१ पुस ।
रौतहटको चन्द्रनिगाहपुरमा दुई पैदल यात्रीलाई भारतीय नम्बर प्लेटको कारले ठक्कर दिएको छ ।
कारको ठक्कर बाट गौर नगरपालीका ४ बस्ने ६० बर्षिय रामनारायण सहनी र सर्लाही बलरा ४ बस्ने २० बर्षिय नरेश राय घाईते भएका छन् । निजगढबाट चपुरतर्फ आउदै गरेको बिआर ०७ यु ७०३ नम्बरको कारले ईलाका प्रहरी कार्यालय चन्द्रपुर अगाडि पैदल यात्रीलाई ठक्कर दिएका थिए । ठक्कर दिएर भाग्ने क्रममा प्रहरीले कार र चालक भारतको दरबंगा घर भएका २५ बर्षिय अंकित कुमारलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जानकारी दिएको छ ।