फुटबल प्रतियोगिताका लागी त्रिपक्षिय सम्झौता

737

चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिकाले आगामी तीन बर्षको लागि प्रदेश स्तरीय फुटबल प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ र रौतहट फुटबल संघ संग सम्झौता गरेको छ । चन्द्रपुर मेयर कप प्रदेश नम्बर २ स्तरीय लिग फुटबल तथा उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको लागि त्रिपक्षीय सम्झौता गरिएको हो । सोमबार चन्द्रपुरमा आयोजित एक कार्यक्रमका बिच तीन बर्षका लागि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी, एन्फाका अध्यक्ष कर्मा्छिरिङ शेर्पा र रौतहट फुटबल संघका प्रतिनिधि बिच सम्झौता भएको हो ।
सम्झौतामा चन्द्रपुर मेयर कप प्रदेश नम्बर २ स्तरीय लिग फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले २० लाख, चन्द्रपुर नगरपालिकाले २० लाख र रौतहट फुटबल संघले १० लाख रुपैया सहयोग गर्ने उल्लेख गरिएको छ । उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि चन्द्रपुर नगरपालिका २० लाख, अखिल नेपाल फुटबल संघ १० लाख र रौतहट फुटबल संघले १० लाख रुपैया सहयोग गर्ने छ । दुवै खेलका लागि त्रिपक्षिय सम्झौता अनुसार नब्बे लाख रुपैया रकम बिनियोजित भएको प्रदेश
प्रतियोगिताका संयोजक नेपाल कार्कीले जानकारी दिए । सम्झौता कार्यक्रममा प्रदेश नम्बर २ का आठ वटा जिल्लाका फुटबल संघका अध्यक्ष सहितका पदाधिकारीको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले फुटवल खेलका लागि उर्वर भुमीको रुपमा चन्द्रपुर परिचित हु“दै गएको बताए ।
मेयर चौधरीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यस नगरका महिला फुटवल खेलाडीले प्रतियोगिता खेलेर नगर तथा जिल्लालाई अन्यत्र चिनाएको बता“उदै यसले खेलप्रेमी प्रति उत्साह बढाएको धारण राखे । खेल , खेलाडी प्रति सदैव सहयोग गर्दै आएको नगरपालिकाले यस्ता किसिमको खेलकुद प्रतियोगिता गराउनु नगरकै शान र गौरव भएको मेयर चौधरीको भनाई छ । कार्यक्रममा एन्फाका अध्यक्ष कर्र्मािछरिङ शेर्पाले महिला फुटवल भन्ने बित्तिकै रौतहटको नाम अग्रपंक्तिमा आउने बताए । उनले समय समयमा विभिन्न किसिमका फुटवल प्रतियोगिता भएमा खेलाडीमा हौसला बढ्ने उनको भनाई छ । कार्यक्रममा चन्दपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष विरु रखाल , वडा नंम्वर ४ का वडा अध्यक्ष अमर आले मगर, रौतहट फुटबल संघका पदधिकारी तथा खेलाडी लगायतको उपस्थिती रहेको थियो । सम्झौता कार्यक्रमको अध्यक्षता भने प्रतियोगिताका संयोजक नेपाल कार्कीले गरेका थिए ।