मुम्बई–शुक्रबारदेखि रिलिज हुन लागेको नायक सलमान खान अभिनित चलचित्र दबंग ३ ले देशभरका सिंगल तथा मल्टिप्लेक्स हलमा दबदबा कायम गर्ने पक्का छ ।
सलमान खानको क्रेज नेपालमा राम्रो छ । यसैले, तिहारपछि सुनसान जस्तै देखिएका नेपालका हल डिसेम्बर २० बाट भरिने अपेक्षा हल संचालकको छ । यही आशा अनुसार, यो चलचित्रलाई मल्टिप्लेक्स हलले उच्च शो दिएका छन् ।
देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले दबंग ३ लाई अहिलेसम्मकै सर्वािधक शोज दिएको छ । यो चलचित्रलाई देशभरका १२ वटा हलमा ८८ शोज दिइएको छ । यो कुनै, चलचित्रलाई क्यूएफएक्सले दिएको अहिलेसम्मकै उच्च शोज हो ।
देशभरका क्यूएफएक्सका सबै हलमा चलचित्रले रेकडब्रेक शोज पाएको छ । यसैले, यी सबै शोजमा दर्शकको उपस्थिती बलियो बनेको खण्डमा दबंग ३ ले रेकर्डब्रेक व्यापार गर्ने पक्का छ ।
यो चलचित्रलाई अन्य मल्टिप्लेक्सले पनि सबैजसो शोज दिएका छन् । नया“ नेपाली चलचित्र नहुनु, हलमा लागेका अधिकांश नेपाली र विदेशी चलचित्र उत्रिनु आदिले पनि दबंग ३ लाई फाइदा भएको हो ।
सिंगल हलमा पनि नेपाली चलचित्रको नाजुक अवस्था रहेकाले शुक्रबारदेखि धेरै सिंगल हलले यो चलचित्र लगाउने तयारी गरेका छन् ।
प्रभु देवाको निर्देशनमा तयार भएको यो चलचित्रमा सलमान खान, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका छ ।
दबंग ३ लाई क्यूएफएक्समा ८८ शो
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg