चन्द्रपुरको शिक्षा सुधारका लागी महत्वपुर्ण योजना ल्याएका छौ–उप सचिव सिग्देल

483

चन्द्रपुर,०२ पुस ।
चन्द्रपुर नगरपालिकाले शिक्षा सुधारका लागी बिभिन्न योजनाहरु अगाडी सारेको छ । शिक्षा शाखा प्रमुख उप सचिव कृष्ण प्रसाद सिग्देल चन्द्रपुरमा आएपछि शिक्षा सुधारका प्रयासहरु भैरहेका छन ।
उपसचिव सिग्देलले शिक्षा क्षेत्रमा बिभिन्न योजनाहरु यस आर्थिक बर्षमा संचालन भैरहेको जानकारी समेत दिएका छन ।
कक्षा कोठा सुधार, शौचालय सुधारमा सवैभन्दा बढी रकम बिनियोजन गरीएको छ ।
चन्द्रपुर नपाले शैक्षिक कार्यबिधी २०७६ पास गरेको छ । संबिधानले दिएको स्थानिय सरकार संचालन ऐनले दिएको अधिकार प्रयोग गरी शिक्षा सम्वन्धी कार्यलाइ व्यवस्थीत गर्नका लागी ऐन निमार्ण भएको छ , प्रधानाध्यापक बैठक कक्षको व्यवस्थापन ,बाल बिकासका सहजकर्ताहरुलाइ पुर्नताजगी तालिम ,माध्यमिक तहमा शैक्षिक व्यवस्थापनका लागी सफ्टवयर बितरण ,बिधालयमा शिक्षकशिक्षिका का लागी बिधुतिय हाजिर उपकरणको बितरण कार्यको थालनी भएको छ । आगामी बर्षमा पनि यस कार्यले निरन्तरता ,राष्टपती रनिङ शिल्डका लागी ५ लाख बिनियोजन , शैक्षिक स्मारीक प्रकाशन गर्ने ,बिधालय व्यवस्थापन समितीका र शिक्षक अभिभावक संघका पदाधिकारीलाइ शैक्षिक गुणस्तर सुधारका लागी सचेतना कार्यक्रम ,नगर भित्र अन्तर बिधालय शैक्षिक भ्रमण गरीने ,उमेर पुगेका वालवालिकाहरु बिधालय बाहिर नरहने गरी भर्ना अभियान संचालन , नगर स्तरीय शैक्षिक क्यालेन्डरको प्रकासन गर्ने समेत योजना ल्याएको चन्द्रपुर नगरपालिकाका उप सचिव कृष्ण सिग्देलले जानकारी दिएका छन् ।
चन्द्रपुर नगरको शिक्षा सुधारमा केही चुनौती समेत रहेको बताइएको छ ।नगर क्षेत्रका धेरै जसो अभिभावक सचेत नहुनु । केही अभिभावकहरुमा शिक्षाको महत्वको कम बुझाइ । बिधार्थी नियमित नहुनु । कक्षा कोठा, शौचालय लगाएको भौतिक पुर्वाधारको कमी । बिधालय घेरावेरा नहुनु । बिधालय व्यवस्थापन समिती , शिक्षक अभिभावक संघ सकृय नहुनु ।
शिक्षक शिक्षिकाले व्यवस्थितरुपमा कक्षामा तयारी नगरी कक्षा संचालन गर्नु । शिक्षक दरबन्दी न्यून हुनु । परिक्षाको नतिजा बिश्लेषण नहुनु । बार्षिक शैक्षिक योजना अनुसारको लक्ष्य पुरा हुन नसक्नु । बिधालय व्यवस्थापन समिती , शिक्षक अभिभावक संघको तोकिएको समयमा गठन नहुनु चुनौती रहेको जनाइएको छ ।
चन्द्रपुर नगर क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुलाइ समाधान गर्नका लागी अभिभावक सचेत हुनु पर्ने । बालमैत्री शिक्षणमा बिशेष ध्यान दिन आवश्यक रहेको ।
बिधालय अनुगमनलाइ प्रभावकारी बनाउनु पर्ने । बिधालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघले काम कतव्र्य र दायित्व प्रति कृयाशिल हुनुपर्ने । शिक्षकहरुलाइ समय सापेक्ष तालिमको व्यवस्था हुनुपर्ने । जहा बिधार्थी त्यहा शिक्षकको व्यवस्थापन गर्न नगरपालिकाले पहल गर्नुपर्ने । प्राबिधीक र व्यवसायीक शिक्षालाइ बिस्तार गर्दै जानुपर्ने । भौतिक पुर्वाधार सुधारका लागी नगरपालिकाले प्राथमिकतामा राख्नुपर्ने । अग्रेजी माध्यमको पढाइलाइ प्राथमिकतामा राख्नुपर्ने ।
जनप्रतिनिधी ले नगर तथा वडा स्तरीय बजेटमा शिक्षा क्षेत्रलाइ पहिलो प्राथमिकतामा राखेर योजनाहरु बनाए र रकम बिनियोन भए चन्द्रपुरको शिक्ष सुधार गर्न सकिने चन्द्रपुर नपा शिक्षा शाखाका उप सचिव कृष्ण सिग्देलको सुझाव रहेको छ ।