नगर स्तरिय हाजिरी जवाफ सम्पन्न

690

चन्द्रपुर,२२ मंसिर ।
वार्सा नेपालको आयोजनामा चन्द्रपुर नगरस्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बाल निकेतन मावि सम्पन्न सो प्रतियोगितामा नमुना सेकेन्डरी स्कुल प्रथम, बाल निकेतन मावि द्वितीय र मुनलाइट एकेडेमी तृतीय भएको आयोजक वार्सा नेपालका पवन भट्टले जानकारी दिए ।
विजयी हुने विद्यालयहरूलाई कार्यक्रमका सभापति वार्सा नेपालका रिजन अधिकारीले प्रमाणपत्र , शिल्ड र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
सो प्रतियोगिताको उद्घाटन चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खड्ग कुश्वारले सहभागीहरूलाई प्रश्न सोधेर गर्नुभएको हो उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष कुश्वारले विद्यार्थीलाई किताबी ज्ञानस“गै यस्ता अतिरिक्त कृयाकलापको पनि आवश्यकता रहेकोमा जोड दिदै सामान्य ज्ञानको जानकारीले सबैलाई फाइदा पुग्ने बताए । यसअघि पनि वार्सा नेपालले विभिन्न सामाजिक कृयाकलापहरू गर्दै आइरहेको छ । प्रतियोगिताको संचालन बाल निकेतनका शिक्षक श्याम कार्कीले गरेका थिए ।