प्रदेश २ स्तरीय टि—२० क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीलाई

440

चन्द्रपुर। रौतहटको चन्द्रपुरमा आयोजना भएको प्रदेश २ स्तरीय टि—२० क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीले जितेको छ । बिहिबार भएको फाईनल खेलमा सप्तरीले सर्लाहीलाई ४७ रनको फराकिलो रन अन्तरले पराजीत रौतहटको चन्द्रपुरमा आयोजीत स्वर्गिय सन्तदास कार्की ( दासबावु ) तथा स्वर्गिय रामकुमार कोईराला स्मृती प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधी उचालेको हो । सप्तरीले २० ओभरको खेलमा ६ विकेट गुमाउदै १२६ रन बनाएको थियो ।
सप्तरीलाई जीत दिलाउन आशिष झाले ३५ बलमा ३४ रन,कप्तान मेहबुब आलमले २४ बलमा २४ रन र विकास दासले २४ बलमा नटआउट रहंदै २८ रनको योगदान गरेका थिए ।

जवाफी व्याटिङमा उत्रिएको सर्लाहीको टिमले खराबी सुरुवात गरेको थियो थियो । सर्लाहीले १९ ओभर खेल्दै १० विकेटको क्षतीमा ८० रनमात्र बनाउन सफल भएको थियो ।
सुरु बाटनै दबाब देखिएको सर्लाहीका लागी राजशे पुलामी मगरले ३१ बलमा २१ रन,सम्साद आलमले १० बलमा ७ रनको योगदान गरेका थिए । प्रतियोगिताको उत्कृष्ट व्याट्सम्यान सप्तरीका बिबेक यादब बन्न सफल भए भने उत्कृष्ट बलर सप्तरीका कप्तान मेहबुब आलम,उत्कृष्ट फिल्डर सर्लाहीका सन्दिप खड्का र प्रतियोगिताको सर्बोत्कृष्ठ खेलाडी सप्तरीका कप्तान मेहबुब आलम बन्न सफल भए ।
प्रतियोगितामा प्रथम भएको सप्तरीले नगद १ लाख रुपैंया,दोस्रो टिम सर्लाहीले ५० हजार रुपैंया सहित मेडल,प्रमाणपत्र र कप पबितरण गरिएको प्रतियोगिता आयोजक समितिका संयोजक देबराज कार्कीले जानकारी दिनुभयो । प्रदेश २ मा यो पहिलो ठुलो क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगिता मंसिर ५ बाट सुरु भएर मंसिर १२ गते बिहिबार समापन भएको हो ।