मकवानपुरमा चाडपर्व लक्षित १४ अनुगमन

665

नबराज कोइराला ,२२ कार्तिक,मकवानपुर। साधन स्रोत अभाव भएता पनि खाध प्रविधी तथा गुण नियंत्रण कार्यालय हेटौंडाले चाड पर्व लक्षित १४ वटा बजार अनुगमन सम्पन्न गरेको छ। मकवानपुरका हेटौडा,मनहरी,लोथर,थाहा नगरपालीका लगाएतका विभिन्न स्थानमा गरिएको अनुगमनको क्रममा भारी मात्रामा अखाध्य बस्तु जफत गरिएको खाध प्रविधी तथा गुण नियंत्रण कार्यालय प्रमुख सोमकान्त रिजालले जानकारी दिए। विभिन्न मितीमा खाद्य प्रविधी तथा गुण नियंत्रण कार्यालय नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,घरेलु कार्यालय, उपभोक्ता वादी ,पत्रकार लगाएतको संयुक्त टोलिले हेटौडा बजार लगाएत विभिन्न स्थानका मासु पसल,किराना,बेकरी,खाजा घर,मिठाई पसल,होटल,ठेला अनुगमन गरेको रिजालले बताए।त्यसैगरी हेटौडा देखी लोथर सम्मका विभिन्न १६ वटा लाइन होटल अनुगमन गरेको जानकारी दिए।

सोही क्रममा थाहा नगरपालीकाको थाना बजार आसपास क्षेत्र,सिखरकोट र डाडाँबासका विभिन्न दर्जनौ पसल अनुगमन गरिएको खाध निरीक्षक खगेन्द्र खतिवडाले बताए। संयुक्त अनुगमन टोलीले हेटौडा ५ सानोपोखरामा रहेको आर बि स्टोर्स बाट म्याद नाघेका पेय पदार्थ,कुल्फी जफत गरेको छ भने शिशिर किराना एण्ड कोल्ड स्टोर्स बाट म्याद नाघेका खाध पदार्थ प्रयोग गर्नै नसकिने फलफुल तथा तरकारी ठुलो परिणाम मा भेटिएको हुनाले तिन दिन भित्र खाध प्रविधि तथा गुण नियंत्रण कार्यालय उपस्थिति को लागी पत्र काटिएको छ।अनुगमन कै क्रममा पुष्पलाल चौकमा रहेको तिरूपती मार्ट,स्कुलरोडको हीरालालको किराना तथा घर संसार बाट म्याद नाघेका खाध पदार्थ जफत गर्दै बिना इजाजत खाध पदार्थ प्याकिगं गरेको पाइएकोले सचेत गराइएको छ। अनुगमनका क्रममा अखाद्य बस्तु,लेवल तथा मिति नभएका खाद्य सामग्री तथा पेय पदार्थ जफत गर्दै पुन भेटिए प्रचलित कानून अनुसार कारवाही गर्ने पसलका संचालकलाई जानकारी गराउदै सचेत गराइएको छ। अनुगमनलाई उपभोक्ता,उपभोक्तावादी लगाएतले फितलो तथा कर्मकाण्डी भएको आरोपमा प्रमुख रिजालले आफ्नो साधन स्रोत र आफुहरूले पाएको अधिकारले भ्याए सम्म कारवाही गरिएको बताए।देश संघियतामा गइ सकेको हुनाले स्थानीय सरकारलाई अनुगमन अधिकार दिएको हुनाले यस कार्यमा स्थानीय सरकार नै सशक्त भएर लाग्नु पर्ने बताए।आगामी दिनमा अनुगमनको समिच्छा गर्दै अगाडी बढने जनसरोकार दैनिक लाई जानकारी गराए।