छठपर्वमा दलित दलित बिच नै भेदभाव

1835

चन्द्रपुर,१८ कात्तिक ।
रौतहटको बिभिन्न छठघाटहरुमा दलित दलित बिच नै अलग अलग पुजा गर्ने स्थल निमार्ण गरीएको पाइएको छ । पहिले जस्तो छुवाछुतको भावना कम हुदै गएपनि रौतहटको बिभिन्न स्थानमा रहेको छठघाटहरुमा दलित दलित बिच तथा गैरदलितले अलग अलग स्थानमा बसेर पुजा गरेका छन् । जिल्लाको धेरैस्थानमा दलित समुदायका पासवान, चमार , धोबी, डोम, मुसहर जाती बिच पुजास्थलमा भेदभाव छ । एक जातीले अर्को जातीको पुजा समाग्री नछुने र पुजास्थल समेत नजाने गरेको पाइएको छ ।
चन्द्रपुर नगरपालिकाको राजपैंडाटोल स्थित चा“दीनदी किनारमा लामो टेन्ट टा“गिएको थियो । उक्त टेन्टलाइ तीन खण्डमा बारीएको थियो ।

त्य“हा चमारजाती र मुसहरजातीको अलग अलग पुजास्थल राखिएको रहेछ । एक खण्डमा गैर दलित , अर्कोमा मुसहर जाती र दक्षिण तर्फ चमार जतीका महिला छठपुजा गर्न बसेको दृष्य देखिन्थ्यो । सो घाटमा चमारजातीका दुइ महिला छठपर्व गर्न बसिरहेका थिए । राजपैडाकी रामरती राम चमारले पुजास्थल बनाउन ५ सय रुपैया सहयोग गरेको बताइन । अर्की हृमतिया देवी चमारले अरु जातीले संगै पुजागर्न नदिने बताइ“न । बर्षौदेखी यसरीनै पुजागर्दै आएको महिलाहरुको भनाइ छ । चमार जातकी महिला अलगै पुजा सामाग्री लिएर बसेका थिए । टेन्टको बिचमा मुसहरजातीका महिलाहरु पुजा सामाग्री लिएर छठ मनाइरहेका थिए । टेन्टको उत्तरतर्फ करीव एकसय गैरदलित जातीका मानिसले छठ पुजा गरीरहेका थिए । मुसहर महिलाहरुले पहिले देखी यसैगरी पर्व मनाउदै आइएको बताए । गैरदलित समुदायका ब्रतालुहरुले भने कुनै भेदभाव नरहेको बताए ।


दलित दलित तथा गैरदलितको छुट्टाछुटै पुजास्थल जिल्लाको धेरै ठा“उमा भएको जिल्लामा रहेका दलितका अगुवाहरुले बताए । गरुडा, कटहरीया, वौधिमाइ, मौलापुर, गढीमाइ, गुजरा, फतुवाबिजयपुर, माधवनारायण, चन्द्रपुर लगाएतका नपाको ग्रामिण भेगका घाटहरुमा दलित दलित बिच नै भेदभाव रहेको पाइन्छ ।
छुवाछुतको भावना अझै बा“की रहेकाले छुटाछुट्टै स्थानमा बसेर पुजा हुने गरेको राष्ट्रिय मुसहर उत्थान संघका केन्द्रिय उपाध्यक्ष नथुनी माझी मुसहरको बुझाइ छ । छुवाछुत अन्त्य भएको भनिएपनि पुजास्थल फरक फरक बनाइनुले समाजमा अझै बिभेद कायम रहेको उपाध्यक्ष माझीको भनाइ छ ।