गौर । २०६४ को चैत २७ गते पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो रात रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कांग्रेस नेता अफताव आलम बिरुद्ध आज जिल्ला अदालत गौरमा मुद्धा दर्ता हु“दैछ ।
कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित रौतहट जिल्ला अदालतमा आज मुद्दा दर्ता हुन लागेको हो । प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार दिउ“सो आलमविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । प्रहरीले आलमविरुद्ध आठ सय पेजको अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । त्यसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ । आलमलाई ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग तथा बिष्फोटक पदार्थ किनबेच र भण्डारणको मुद्धामा आजीवन कैदको मागसहित अभियोगपत्र १५ गते शुक्रबारनै सरकारी वकिल कार्यालयमा दर्ता भईसकेको छ ।
आलम बिरुद्ध आज अदालतमा मुद्धा दर्ता हुंदै
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg