पत्रकार शिवाकोटीलाई आएको धम्की प्रति प्रेश युनियन रौतहट शाखाको आपत्ती

832

चन्द्रपुर,१७ असोज। नेपाल प्रेस युनियन रौतहट शाखाले पत्रकार अजयबाबु शिवाकोटीलाई समाचार लेखेकै आधारमा आएको धम्कीप्रति आपत्ती जनाएको छ । युनियनका रौतहट सचिव दिपु कुमार मिश्रद्धारा हस्ताक्षरित प्रेश विज्ञप्तीमा सभामुख एवं नेपाल कम्युनिष्ट पार्टिका नेता कृष्णबहादुर महराले गरेको यौन काण्डको समाचार प्रकाशित गरेको विषयलाई लिएर हाम्रा कुरा डटकमका प्रधानसम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटिलाई आएको सुरक्षा थ्रेट प्रति नेपाल प्रेस युनियन रौतहटको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । विज्ञप्तीमा नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई सुचनाको हक प्रदान गर्रको छ , जस अन्र्तगत पत्रकारले सरकार र जनता बिच समन्वयकारी भुमिका निर्वाह गर्दै जनतालाई सुसुचित गर्दछ । जनताबाट निर्वाचित एवं सार्वजनिक उच्च ओहदा व्यवस्थापिका संसदको सभामुख जस्तोे व्यक्तिको नैतिकता एवं यौन अपराध सार्वजनिक सरोकार नहुने कुरानै भएन । प्रकाशित समाचार प्रति गुनासो असहमति भए त्यसउपर वैधानिक बाटो रोज्ने विकल्प हुंदाहुंदै राणा शासन शैलिमा शुरक्षा थे्रट दिनु नालायक एवं पराजित मानसिकता भएको र यस्तो कार्यले नेपाली जनताको सुचनाको हक, सम्मानपुर्वक बाच्न पाउने हक, सञ्चारको हक, एवं नेपालि जनताको समानताको हक माथि प्रश्न चिन्ह खडा भएका कारण पे्रस स्वतन्त्रता विरोधि यस कार्य प्रति नेपाल प्रेस युनियन रौतहट घोर निन्दा गर्दै यस विषयमा तत्काल कानुनि कारबाहि गर्न एवं महासचिव सिवाकोटिको सम्मान पुर्वक बाच्न पाउने संवैधानिक हकको ग्यारेन्टि गर्न नेपाल प्रेस युनियन रौतहट शाखाले सरकार समक्ष जोडदार माग गरेको छ ।