चन्द्रपुर,१६ असोज ।
ईलाका प्रशासन कार्यालय,चन्द्रपुर नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय का कारण अबैध झोले डाक्टरको चन्द्रपुरमा बिगबिगि हुन थालेको छ । नगरपालिकाको ६ नम्बर स्थित मोथियाही गा“उमा चिनिलाल चौधरी र उनका छोरा सहदेब चौधरीले ईजाजत बिना बर्षाैदेखी अबैध रुपमा उपचार गर्दै आएका छन् । मेडिकल काउन्सित,जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमी नलिईकन केही व्यक्तिलाई महिनाबारी लाखौं नजराना दिएर उनिहरुले आफ्नै घरमा अबैध क्लिनिकनै संचालन गरेको भएपनि स्वास्थ्य क्षेत्र सम्बद्ध निकायाको मौनताका कारण उनिहरुको मनोमानी बढेको स्थानीयले बताएका छन् । बर्षाै देखीको अबैध कामबाट बाबु चिनिलाल र छोरा सहदेब चौधरीले करोडौंको अकुत सम्पति समेत आर्जन गर्न भ्याएका छन् ।
झोले रुपमा बाबु छोराले चलाएको क्लिनिकबाट उनीहरुले ५० हजार भन्दा बढी रकम अबैध रुपमा कमाउने गरेका छन् । उनिहरुसंग अहिले अबैध रुपमा कमाएको पैसाले खरिद गएिको २ थान ट्रक,बिरेन्द्र राजमार्गमा २ तले घर र ट्रेक्टर बाहेक बिगहौं बिगाह खेत रहेको स्थानीयले जानकारी दिएका छन् । अबैध तबरले उनिहरुले नेपालमा प्रतिबन्ध रहेको नशा,हाडजोर्नीको ईन्जेक्सन बिरामीलाई दिएर क्षणिक राहत दिने काम गर्दै ठगि धन्दा चलाउ“दै आएका छन् ।
प्रतिबन्धित भारतीय औषधीको प्रयोग गरेको र अनुमती नलिई क्लिनिक संचालन गरेको भनेर चिनिलालालाई प्रहरीले केही बर्ष अघि पक्राउ समेत गरेको थियो ।
पक्राउ परेका चिनिलाल राजनीतिक संरक्षण र पैसाका कारण कारवाहीबाट बचेका थिए । उनलाई प्रतिबन्धित हाडजोर्नी तथा नशा रोगको ईन्जेक्सन उपलब्ध गराउन चन्द्रपुर स्थित अमर ठाकुरले संचालन गरेको पशुपति मेडिकल भन्ने फार्मेसीले सहयोग गर्दै आएको समाचारस्रोतले जनाएको छ ।