आफ्नो कुनै राजनीतिक ध्येय नरहेको दावी

354

काठमाण्डौ १० असोज ।  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्रुयाउनेबाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको दावी गरे ।

तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर समेत रहनु भएका अध्यक्ष दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्रुयाउने वातावरण बनाउन आफूले अमेरिका, भारत, चीन र युरोपका विभिन्न मुलुकस“ग पनि लगातार प्रयास गरिरहेको दावी गरे ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालको आफू स्वयं पीडित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्रुयाउन आफूले प्रधानमन्त्रीको रुपमा, राजनीतिक नेतृत्वको रुपमा निरन्तर पहल गरिरहेको पनि बताए ।

अध्यक्ष दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्रुयाउन अनुकूल वातावरण बनेको उल्लेख गर्दै त्यसलाई छिट्टै टुंगोमा पुर्रुयाउनुपर्नेमा पनि जोड दिए ।

उनले संक्रमणकालीन न्याय टुंगोमा पुर्रुयाउन ढिलाई हुनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको उल्लेख गर्दै अब सत्ता र प्रतिपक्ष दुवै दल सो समस्यालाई समाधान गर्न प्रतिबद्ध रहेको पनि बताए । अब पनि संक्रमणकालीन न्याय टुंगोमा नपुर्रुयाए संघीय लोकतान्त्रिक गणतन्त्र आफैँ गुम्ने खतरा रहेको अध्यक्ष दाहालको चेतवनी थियो ।

अध्यक्ष दाहालले तत्कालीन विद्रोही माओवादीको नेतृत्वको हैसियतले शान्ति प्रक्रियाका बाँकि काम टुंगोमा पुर्रुयाउनु नसक्नुको दोष आफू लिन तयार रहेको पनि पटकपटक दोहोर्रुयाए ।