जन जागृतिले सरसफाई गरेर संबिधान दिवस मनायो

954
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

चन्द्रपुर,०३ असोज ।
चन्द्रपुर नगरपालिका ९ सिन्दुरेघारी स्थित जन जागृति माध्यामिक बिद्यालयले बिभिन्न कार्यक्रम गरि चौथो संबिधान दिवस मनाएको छ ।

शुक्रबार बिहान ८ बजे देखि १० बजे सम्म बिद्यालयको चौर,सिन्दुरेघारी चोक तथा अन्य चोकहरु सरसफाई गरिएको थियो ।
कार्यक्रममा शो बिद्यालयका शिक्षक शिक्षिकाहरु पिजेटिएका बिद्यार्थिहरु,कक्षा ८ देखि १२ सम्मका बिद्यार्थीहरु लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । संबिधान दिवशको अबसरमा बिद्यालयले हिजो विहिबार ,आज शुक्रबार र भोलि शनिबार दिप प्रज्वलन गरेर दिपावलि मनाउने बिद्यालयका शिक्षक कृष्ण दुलालले बताए ।