वि.सं. २०३८ सालमा दोलखाको भिमेश्वर नगरपालिका–७ तिनखलेमा जन्मनु भएका नवराज श्रेष्ठ सफल युवा व्यवसायीको रुपमा चिनिनु हुन्छ । २०२० सालबाट नै कपडाको व्यवसाय गर्दै आएको श्रेष्ठ परिवारले बुबाको स्वर्गारोहणपछि पनि व्यापा लाई भने छाडेको छैन । रामबहादुर श्रेष्ठका ११ जना सन्ततिहरुमध्ये सबै जना अहिले पनि कुनै न कुनै व्यापार व्यवसायमा आवद्ध हुनुहुन्छ । एसएसली उतिर्ण गरेर उच्च शिक्षा अध्ययनका लागि राजधानी प्रवेश गर्नुभएका श्रेष्ठले सुरुवाती दिनबाट नै राजधानीमा पनि व्यवसाय सुरु गर्नु भएको थियो । सबैभन्दा पहिले फर्निसिङ व्यवसाय सुरु गर्नुभएको उहाले अहिले त्यसबाहेक ट्याक्सी सञ्चाल गरेर पनि सेवा प्रदान गरिरहनु भएको छ । नया–नया व्यवसाय गर्न रुचाउने श्रेष्ठले अहिले फेरि पर्यटन क्षेत्रमा नेपालमा नै पहिलो पटक नया“ खालको बस सेवा सुरु गर्ने जमर्को गर्नु भएको छ । बक्स अफिस इन्टरनेशनलले दुबइमा आयोजना गरेको नागरिक सम्मान कार्यक्रममा उत्कृष्ट युवा व्यवसायीको सम्मान र राष्ट्रिय स्तरमा पनि धेरै सम्मानहरु पाइसक्नु भएका श्रेष्ठ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई एकदमै न्यून मूल्यमा पर्यटकीय स्थलहरुको अवलोकन गराउनकै लागि नया व्यवसाय सुरु गर्न लागेको बताउनु हुन्छ । ट्याक्सी र फर्निसिङको व्यवसाय हुदाहुदै फेरि अर्को व्यवसाय गर्न सम्भव छ भन्ने प्रश्नमा उहा भन्नुहुन्छ सम्भव नहुने कुरै भएन । सबै काम आफूले गर्ने त होइ नि ।
सबै कामहरु सिस्टम अनुसार चल्ने हुन चलि रहेकै छन् । अबको मेरो लक्ष्य भने नया“ बस सेवा हो,
त्यसैका लागि काम गरिरहेको छु । सफल युवा व्यवसायीको पहिचान बनाउन सफल श्रेष्ठसग नया बस सेवाको बारेमा जन सरोकार दैनिकले गरेको कुराकानी यस प्रकार रहेको छ ।

१.तपाईंको व्यवसायीक यात्रा कसरी सुरु भयो ?
– हामी बुबाको पालादेखि नै व्यवसायमा
लागेका थियौं । मेरो बुबाले २०२०
सालदेखि नै दोलखामा कपडाको
व्यापार सुरु गर्नु भएको थियो ।
यातायातको सुविधा नभएको अवस्थामा काठमाडौंदेखि भरियालाई बोकाएर भए पनि स्थानीयस्तरमा व्यपार सुरु गर्नुभएको मेरो बुबाको प्रेरणाले नै म पनि व्यापार क्षेत्रमा नै लागे । जब म एसएलसी सकेर उच्च शिक्षाका लागि काठमाडौं आए,त्यस बेला देखि नै मैले व्यापार व्यवसाय
सुरु गरेको हुँ । अहिले मैले दुईवटा काम गरिरहेको छु । एउटा ट्याक्सी सञ्चालन गरेर सेवा दिइरहेको छु भने अर्को फर्निचर र नेपाली गलैचाको आयात र निर्यातको काम गरिरहेको छु । काठमाडौंमा नै तीन् स्थानमा मेरो आउटलेट रहेका छन् । तर,
अब फेरि पर्यटकीय क्षेत्रमा विल्कुलै नया“ व्यवसाय सुरुवात गर्नका लागि लगभग अन्तिम चरणमा पुगेको छु ।
२.तपाईले भन्नु भएको पर्यटकीय क्षेत्रमा नया व्यवसाय चाहिं कस्तो हो ?
–हामीलाई प्रकृतिले बरदान नै दिएको छ । विश्वकै सभैभन्दा अग्लो चुचुरो नेपालमा नै छ । पर्यटकीय र रमणीय क्षेत्रहरु हाम्रो देशमा अनगिन्ती छन् । काठमाडौंको कुरा गर्ने हो भने एकदमै सानो ठाउमा विश्व सम्पदा सूचीमा
सुचिकृत स्थानहरु नै सातवटा रहेका छन् । त्यसैले यहा“ आन्तरिक र बाह्य पर्यटकहरुको घुइचो लाग्दै आएको छ । हुनत पर्यटकहरुलाई लक्षित गरेर विभिन्न नया“–नया“ कामहरु
भइरहेका छन् । तर, मैले अहिले गर्न खोजेको चाहिं विल्कुलै नया“ खालको ट्रान्सपोटेसन यातायात) सुविधा नै हो । एकदमै कम मूल्यमा आन्तरिक तथा बाह्य पर्यटकलाई किन पुरै काठमाडौं नघुमाउने भन्ने उद्देश्यका साथ नै मैले यो व्यवासयमा हात हालेको हु ।
हुनत काठमाडौंका अधिकांश स्थानहरुमा् बस सञ्चालन भइरहेका छन् । तर, हामीले चाहिं पर्यटकहरुलाई नै लक्षित गरेर अन्तर्राष्ट्रिय स्तरको नयाँ बस सेवा सुरु गर्न खोजेका हौं । जुन विकसित देशहरुमा सञ्चालन भइरहेका छन् । जस्तैः कोटेश्वरमा भएको एउटा पर्यटकलाई एकै दिन बौद्ध, पशुपतिनाथ, स्वयम्भु र काठमाडौं दरबार स्क्वायर जानु छ । त्यसका लागि अहिलेको अवस्थामा उसले आफ्नै गाडी लिएर महंगो भाडा तिर्नुपरिरहेको छ । तर, हामीले उक्त बस सेवा सुरु गरेपछि उसले एकदमै न्यून मूल्यमा ति सबै स्थानहरुको अवलोकन गर्न सक्छ । पहिलो चरणमा हामीस“ग सातवटा बसहरु सञ्चालन हुनेछन् । जसमा कोटेश्वरबाट चढेको आन्तरिक वा
बाह्य पर्यटकलाई हामीले सबैभन्दा पहिले पशुपतिमा लगेर छाडिदिन्छौं । हाम्रो गाडी भने आफ्नो रुटमा गुडिनै रहेको हुन्छ । जब ऊ पशुपति क्षेत्रको अवलोकनपछि बाहिर् निस्कन्छ, त्यसपछि हाम्रो जुनसुकै गाडिमा
चढेर ऊ फेरि बौद्ध जान्छ । त्यहाँबाट पनि हाम्रो गाडी आफ्नो रुटतिर लागिहाल्छ ।त्यसपछि ऊ फेरि हाम्रो त्यहि अथवा अर्को गाडीमा चढेर स्वयम्भुतिर लाग्छ । यसरी उसले(पर्यटकले) बसमा चढेर नै प्रत्येक
पर्यटकीय स्थलको भ्रमण गर्ने अवसर
पाउने छ । जसका लागि उसले कोटेश्वरबाट चढ् दा नै काटेको टिकेटले काम गर्छ ।
एउटा टिकेटमा ऊ २४ घण्टासम्म यात्रा गर्न सक्छ । त्यस्तै उपत्यकाका अन्य स्थानहरु
पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर एवम् अन्य विभिन्न पर्यटकीय स्थालहरुको भ्रमणका लागि सहज हुने गरेर हाम्रो कम्पनीले नयाँ व्यवसाय सुरु गर्न लागेका हो ।
३.तपाईहरुले सुरु गर्न लाग्नु भएको
यातायात सेवामा कस्ता खालका सवारी
साधनहरु सञ्चालन हुन्छन् त ?
–तपाईलाई थाहै छ, काठमाडौंमा दिन
प्रतिदिन ट्राफिक जाम बढिरहेकै छ । यस्ता जाम कम गर्नका लागि साना सवारी साधनहरुलाई हटाएर ठूला राख्नु पर्ने आवाज पनि उठिरहेका छन् । हामीले प्रयोग गर्ने सवारी साधनहरु पनि नेपालका लागि विल्कुलै नया“ खालका हुनेछन् । हामीले हुट नभएको दुई तल्ले बसहरु प्रयोग गर्ने सोच
बनाएका छौं । जसका कारण पर्यटकहरुलाई पुरै सहर हेर्न सहज होस् ।त्यसका लागि बस निर्माता कम्पनीस“ग छलफल पनि भइसकेको छ । जुन अन्तर्राष्ट्रिय स्तरको हुनेछ । ट्वाइलेटको सुविधा भएको एकदमै आरामदायी बसहरुको व्यवस्था गर्नेछौं ।
४.तपाईले भनेजस्तो व्यवसाय गर्नका लागि त लगानी पनि त अलि धेरै नै चाहियो नि, होइन ?
– हो तपाईले भन्नुभएको एकदमै सहि हो । लगानी एकदमै बढि नै चाहिन्छ । यसलाई हामी सबैभन्दा पहिले परिवार भित्रबाट नै सुरु गर्दैछौं । हाम्रो परिवार भित्रका ११ जना कुनै न कुनै व्यवसायमा आवद्ध भएकाले हामीलाई यो काम गर्नका लागि खासै अप्ठेरो पर्दैन । वित्तिय संस्थासगको सहकार्यमा हामी यो काम गर्दैछौं ।
५.यस्तो काम गर्ने सोच चाहिं कसरी बनाउनु भयो ?
– म जहिले पनि नयाँ काम गर्न रुचाउने व्यक्ति हु । मैले बस सेवा सुरु गर्नका लागि पनि धेरै समय अनुसन्धान गरेको छु । विदेशमा
आफन्तहरुलाई अनुसन्धान गर्न लगाएँ भने स्वदेशमा आफैले नै अनुसन्धान गरेको छु । लगभग चार वर्ष अघि देखि नै मैले यो काम सुरु गर्ने सोच बनाएको थिए । सबैभन्दा पहिले पारिवारि छलफल र त्यसपछि विकसित
देशहरुमा रहेको व्यवस्थाको बारेमा पनि अनुसन्धान गरेर नै यो व्यवसाय सुरु गर्ने जमर्को गरेको हु । मैले अघि पनि भने हाम्रो काम लगभग अन्तिम चरणमा पुगिसकेको छ । तर, अझै पनि म विकसित देशहरु जस्तैः अमेरिका, जापान, बेलायत लगायतमा एक पटक आफै गएर अनुसन्धान गरेर आएपछि बस सेवा सुरु गर्नेछु ।
६.तपाईहरुले कुन क्षेत्रबाट यो सेवा सुरु गर्दै हुनुहुन्छ ?
– हामीले पहिलो चरणमा काठमाडौं,
ललितपुर र भक्तपुरमा यो सेवा सञ्चालन गर्दैछौं । त्यसपछि यसलाई अन्य पर्यटकीय स्थालहरु जस्तैः पोखरा, लुम्बिनी, मुक्तिनाथसम्म पनि जोड्ने प्रयास गर्नेछौं ।
७.नया व्यवसायको सुरुवात कहिलेबाट हुन्छ त ?
–मैले अघि पनि भने हामी लगभग अन्तिम चरणमा छौं । केही समय अघि नै मैले यो काम सुरु गर्ने सोच बनाएको थिए । त्यसैले चार वर्ष अघि देखि नै अनुसन्धान गर्दै आएको पनि थिएँ । यातायात क्षेत्रमा देखिएको सिन्डिकेटले हामीले सुरु गर्न सकेका थिएनौं । तर, सरकारले सिन्डिकेट तोडेस“गै हामीले आफ्नो कामलाई तिब्रता दिइसकेका छौं ।
लगभग अबको १० महिना भित्र नया“ बस सेवा सुरु गर्ने लक्ष्य लिएका छौं । जसका लागि हामीले यातायात व्यवस्था विभाग र काठमाडौं महानगरपालिकास“ग पनि छलफल गर्दैछौं ।
८.तपाईं विभिन्न सामाजिक कार्यमा पनि संलग्न हुनुहुन्छ है ?
– हो, म सामाजिक कार्यमा पनि सक्रिय छु । हामी सामाजिक प्राणी हौं, हामीलाई समाज चाहिन्छ । त्यसैले म भैपरि आउने विपदका समयमा होस् वा अन्य कुनै पनि सामाजिक काममा नै किन नहोस् त्यसमा सहयोग गरिरहेको हुन्छु । म अन्य व्यवसायीहरुलाई पनि के भन्छु भने आफ्नो कमाईको केही अंश चाहिं समाज सेवामा खर्च गरौं । मैले व्यक्तिगत रुपमा २०७२ सालको भूकम्पको बेला पनि आर्थिक र भौतिक सहयोग गरेको थिए । अहिले पनि विभिन्न विद्यालय, बृद्धा अश्रमहरुमा पुगेर आफूले सकेको सहयोग गर्दै आएको छु ।
९. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
–अत्यमा म के भन्न चाहन्छु भने म एक सफल युवा व्यवसायी हो । २०२० साल देखि नै दुख कडा मेहनत गरेर अघि बढेको हु । म २०१६–०१७–०१८ सालको उत्कृष्ठ सफल युवा व्यवसयीको बिजेता पनि हो । अब अहिले जुन भिजिट नेपाल २०२० को जुन कुरा छ । तेस्मा पनि मेरो धेरै ठुलो उदेश्य छ । २०२० सम्म मेरो अन्तर्राष्ट्रिय स्तरको नया बस सेवा लाई सफल बनाउने ठुलो सपना बोकेको छु र यो सफल पनि हुन्छ ।