होटल व्यवसायी संघ अध्यक्षमा अर्याल निर्वाचित

746

रौतहट २० भदौ । होटल ब्यबसायी संघ रौतहटको तेस्रो अधिबेशनले देबेन्द्र अर्यालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

सो समितिको प्रथम उपाध्यक्षमा राजन अधिकारी, द्धितिय उपाध्यक्षमा सुरेन्द्र साह, महासचिब मदन तिमल्सिना, सचिब रामहरी श्रेष्ठ, कोषाध्यक्षमा आशिष दाहाल, सहसचिबमा शिबराम राउत, सदस्यहरुमा अरुण लामा, सुमन कार्की, गंगा खडका, सरीता पौडेल, रुपक तिमल्सिना, पप्पु तिबारी, बीरेन्द्र साह, रामायण साह रहेका छन ।

सो अधिबेशनको प्रदेश सभा सदस्य धनलाल ठोकरले उद्धघाटन गनु हुँदै होटल ब्यबसाय भित्र हुने बिकृती हटाउनुपर्ने बताउनुभएको छ । सुरक्षाको लागि होटल ब्यबसायीहरुले सीसिटिभि क्यामेरा जडान गनुपर्ने बताउनु भएको छ । सो उदघाटन सत्रमा खडक बम्जन, नीलहरी कोईराला, देबकी नेपाल, प्रहरी नायब उपरिक्षक कबित कटुवालको आतिथ्यता रहेको थियो ।