‘पोई पर्यो काले’को फस्टलुक सार्वजनिक

1444
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

काठमाडौं : शिशिर राणाको लेखन तथा निर्देशन रहेको फिल्म ‘पोई पर्यो काले’को फस्टलुक सार्वजनिक भएको छ ।

चलचित्रको फस्टलुकमा मुख्य ५ कलाकारलाई स्थान दिइएको छ । फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर देखिउका छन् । फस्टलुकमा अभिनेत्री पूजा शर्मा र श्रृष्टि श्रेष्ठलाई पनि समेटिएको छ ।

कमेडी कथामा निर्माण भएको पोई पर्यो काले पारिवारिक फिल्म भएको निर्माण युनिटले जनाएको छ ।