ईट्टा व्यवसायी आतंकित हुन आवश्यक छैन/मन्त्री यादब

898

चन्द्रपुर । उद्योग,बाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले संघीय सरकार सम्वद्धि र विकासको बाटोमा निरन्तर लागिपरिरहेकाले आर्थिक समृद्धिको यात्रामा नीजि क्षेत्र र सरकार संगै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । मन्त्री यादवले आर्थिक समृद्धिको यात्रामा सहयकार्यको आवश्यतmा रहेको हु“दा आर्थिक विकास हासिल गरि सम्बृद्ध नेपाल बनाउन नीजि क्षेत्रको भुमिका र सहकार्य अपरिहार्य रहेको बताउनुभयो । रौतहटको चन्द्रनिगाहपुस्थित गौतम होटलमा आयोजित नेपाल ईट्टा उधोग महासंघको ११ औं साधारणसभामा बोल्दै मन्त्री यादबले प्रतिपक्षमा बसेर विरोधमात्र गर्नु भन्दा समृद्धिको अभियानमा एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । मुलुकमा सम्बृद्धि ल्याउन सवैको सहयोग र सहकार्यको आवश्यकताको खा“चो रहने बताउ“दै मन्त्री यादबले उद्योग तथा व्यवसाय क्षेत्रमा रहेका समस्याका बारेमा सहकार्य, बहस र छलफलको माध्यमबाट सामधान खोज्नुु पर्ने धारणा राख्नुभयो ।
ईट्टा उधोग पनि समयअनुसार नया“ प्रविधिसंगै अगाडी जानुपर्ने धारणा राख्दै मन्त्री यादवले धु“वा तथा प्रदुषणरहित बातावरणमैत्री उद्योग स्थापना गर्न अग्रसर रहनुपर्नेमा जोड थियो । ईट्टा उद्योगलाई व्यवस्थित गर्न खोज्दा आतंकित नहुन उहा“ले ईट्टा व्यवसायीलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा संघिय संसाद देव प्रसाद तिमल्सिनाले सरकारले कर लिने तर उधोगी तथा व्यवसायीलाई सुविधा दिने तर्फ ध्यान नदिने गरेको आरोप लगाउनुभयो । धेरै मजदुरहरुले रोजगारी पाएको उधोग ईट्टा उधोग भइकाले मजदुरलाई समेत खुसी पार्न उद्योगीहरुसंग आग्रह गर्नुभयो । नीति निर्माण गर्ने उद्देश्यका साथ आयोजना गरिएको वार्षिक साधारणसभा महासंघका केन्द्रिय अध्यक्ष महेन्द्रबहादुर चित्रकारको अध्यक्षतामा बसेको थियो । कार्यक्रममा देशभरका पा“च सय केन्द्रीय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।