जताततै सडक अतिक्रमण, नियामनकारी निकाय मौन

339

रौतहट १२ भदै । रौतहटको चन्द्रपुर नगरपालिका ४ मा सडक अतिक्रमण बढ्दै गएको छ । सडक अतिक्रमण बढ्दै गएपछि मुख्य चोक दिनदिनै अस्तव्यस्त हुदै गएको छ ।

व्यापारीक केन्द्रका रुपमा परिचित चन्द्रनिगाहपुर हाल आएर अस्तव्यस्त बनेपनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । पुर्व-पश्चिम राजमार्गको दुबै छेउमा हिड्ने ठाउनै कब्जा गरेर फलफुल तथा तरकारी पसलहरु राखिएका छन् । बाटोमै पसल राख्नाले बटुवाहरुलाई हिड्न समस्या हुने गरेको छ ।

सडक पेटी अतिक्रमण गरेर राखिएका पसलहरुमा सामान खरिद गर्ने आउने ग्राहकहरुले यातायातको साधनै त्यहि पार्किङ गर्ने, साझपख ठेलामा चटपटे, पानीपुरी र फुटपाथमै तरकारी बेच्न आउनेहरुले पनि बाटोमै पसल राखेर बिक्री गर्दा बाटो अस्तव्यस्त भएको हो । यतिबिना अचाक्ली हुदा पनि सम्बन्धित निकाय, ट्राफिक प्रहरी र ४ नम्बर वडा कार्यालय कानमा तेल हालेर बसेका छन् ।सडक मै फुटपाथ व्यवसाय संचालन हुनाले बजार थप अव्यवस्थित बन्दै गई रहेको स्थानीय युवा भरत आचार्यले बताए ।

वडा कार्यालय र नगरपालिकाले यस्तो विषयमा ध्यान दिनुपर्ने भएपनि उनिहरुलाई औपचारिक तथा अनौपचारिक कार्यक्रममा सामेल भई भत्ता खाने मात्र ध्यान भएको आचार्यको आरोप छ । फुटपाथमा व्यवसाय गर्न कडाई नगरेका कारण व्यावसाय गर्नेहरुको संख्या बढ्दो छ । वडा नम्बर ४ को कार्यालयले सडक अतिक्रमण गरेर व्यवसाय गर्नेलाई पटक पटक सडकपेटी खाली गर्न भनेको भएपनि अटेर गर्ने गरेको बताएको छ ।

खास गरी कम लगानीमा व्यवसाय गर्न सकिने हूु“दा फुटपाथमा व्यावसाय गर्नेको संख्यामा बृद्धि भईरहेको छ । मुख्य राजमार्गसंग जोडिएकाले पनि बजारको चाप दिन प्रति दिन बढ्दो छ । जनघनत्व बढदै जानु र फुटपाथमा व्यवसाय संचालन गर्नाले बजारमा हिडडुल गर्न समेत असहज हुन थालेको छ । चन्द्रपुर नगरपालिकाका कार्यकारी अधिकृत बलराम ढकालले नगरमा सटक पेटी अतिक्रमण गर्नेलाई छुट दिएको आरोप छ ।
निश्चित स्थानमा व्यवसाय गर्ने वातावरण मिलाउने र नगर व्यवस्थित गराउने नगरपालिकाले १८ महिना अघिनै गरेको भएपनि कार्यान्वयन तर्फ चासो नदिएकाले अतिक्रमण बढ्दै गएको स्थानीयले आरोप लगाएका छन् ।

फुटपाथमा पसल राख्दा यात्रुलाई समस्या परेकोप्रति नगरपालिका गम्भीर नरहेको र व्यवस्थित गर्न लिनुभन्दा नचाहिदो कर थोपर्न मात्र नगरपालिका केीनद्रत भएको नगरबासीको गुनासो छ । नगरबासीले चन्द्रपुर नगरपालिकाले नगरबासीलाई दुख दिन मात्र जानेको र नगरबासीको हितका पक्षमा जनप्रतिनिधिहरु समेत नरहेको बताउन थालेका छन् ।