भन्सार छलीको कपडा बरामद

467

गौर–भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाईएको
जिल्ला प्रहरी कार्यालय रौतहटले ३ लाख भन्दा बढीको भन्सार छलीको कपडा बरामद गरेको छ ।
सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्लाको राजपुर नगरपालिका वडा नं. १ईद्रिस गेटबाट झुन्खुनवा तर्फ लादै“गरेको थानको कपडा, बच्चाको पेन्टी, सेन्डो गन्जी, कुर्ता सुरवाल, बच्चाको हाप पेन्ट, बच्चाको भेष्ट, जिन्स पैन्ट ठुलो सानो, सल, गम्छा, बच्चाको टि—सर्ट, बोलबम भेष्ट, बोलबम कटु, सुति साडी, सर्टलगायतका सामानहरु अन्दाजी रु.१ लाख ९८ हजार २ सय ४० रुपैंया बराबरको सामान बरामद भएको प्रहरीले जानकारी दिएको छ । यता प्रहरीले गौर नगरपालिका वडा नं.६ बसकार्क स्थितबाट अन्दाजी ३६ हजार ५ सय १० रुपैंया र सोही नगरपालिका वडा नं.१ स्थितबाट कुर्ती, कुर्ता सुरवाल र सुतीको साडी अन्दाजी रु.७० हजार ६ सय गरी करिब तीन लाख पा“च हजार तीन सय पचास रुपैंया मुल्य बराबरको लत्ता कपडाहरु बेवारीसे अवस्थामा फेला पारेर आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको छ ।