भारतले सिमानामा बाध लगाएपछि नेपाली बस्ति डुवानमा

1286

गौर ८ भदौ । नेपाल भारतको दशगजा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको बाँध पुनः मर्मत सम्भार गरी थप बलियो बनाउन थालेपछि स्थानीय त्रसित बनेका छन ।

सीमावर्ती क्षेत्रमा भारतले अन्तरराष्ट्रिय नियमको उल्ऽंघन गर्दै बाँध बनाइदिएपछि रौतहट सदरमुकाम गौर सहित दर्जन गाउँ बर्षेणी बाढीको पानीले डुवानमा पर्दै आएको छ ।

गौर, राजदेवी र इश्नाथ नगरपालिकाका दर्जन गाउँ डुबानमा पर्नुको मुख्य कारण सीमावर्ती क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको तटबन्ध भत्काउनु कता हो कता भारतीय पक्षले मर्मत सम्भार गरी थप बलियो र चौडा बनाउन थालेपछि नेपालीहरु डुवानको समस्याले चिन्तीत बनेका हुन ।

भारत सरकारले २०३४ सालमा सदरमुकाम गौरको लाल बकैया नदीदेखी पूर्वराजदेवी नगरपालिकाको बागमती नदी सम्म जोडेर करिब तिन किलोमिटर र २०६५ सालमा लाल बकैया नदीको पश्चिमी बाँधलाई जोडेर दुई किलोमिटर गरी ५ किलोमिटर २५ फिट अग्लो बाध बनाएको कारण बागमती र लाल बकैया नदीमा अव आउने बाढीले नेपाली भुमि डुवानको समस्या झन बढेको स्थानिय बताउछन ।

केही दिन अघि बाधको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापा, सशस्त्र प्रहरी प्रदेश नम्वर २ का प्रमुख डिआइजी राजु अर्याल, सशस्त्र प्रहरी ११ नम्वर गणका एसपी रोविनराज कर्णजित र राष्ट्रिय अनुसन्धान का एसपी अभिनय सिंह ल्ऽगाउतका सुरक्षा निकायका पदाधिकारीहरुले स्थलगत निरिक्षण गरेका थिए ।