उत्पादन गरिएका लाखौ बिरुवा नष्ट

565

चन्द्रपुर,०३ भदौ ।
एक महिना अघि आएको बर्षा पछिको बाढीका कारण रौतहटमा उत्पादन गरीएका लाखौ बिरुवा नष्ट भएका छन । बिभिन्न स्थानमा गरीएको बृक्षारोपण समेत बगाएको छ ।
असारको अन्तिम साता आएको बाढीका कारण नर्सरीमा उत्पादन भउका तथा बृक्षारोपण गरीएका बिरुवा नष्ट भएको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।
गौरमा रहेको नर्सरीमा उत्पादन भएका एक बर्षे तथा बुहबर्षे बिरुवाहरु बाढी र डुवानका कारण नष्ट भएका छन । तयारी हुदै गर्दा बिरुवा बाढीले नष्ट गरेको हो । उक्त नर्सरीमा एक लाख ५० हजार बिरुवा थियो ।
अहिले मुस्किलले ३० हजार बिरुवा त्यहा छन । १९ लाख रुपैया खर्च गरेर गत आर्थिक बर्षको अन्त्यमा बिरुवा उत्पादन गरीएको थियो ।
यस्तै चेतनगरमा रहेको नर्सरीमा पनि बाढी पस्दा हजारौ बिरुवा नष्ट भएको छ । नर्सरी नै डुवानमा परेपछि बिरुवा मर्न मरेको े साहयक बन अधिकृत अरुण कर्णको भनाइ छ ।
यता सडक किनार तथा निजी जमिनमा लगाएको हजारौ बिरुवाहरु बाढीले बगाएको छ । परोहा नगरपालिकाको जिगडवा जाने चौक देखी करीव १२ किलोमिटर सडकको दायाबाया लगाएको बिरुवा बाढीले नष्ट गरेको छ । त्यहा पुन बिरुवा लगाउने कार्यक्रम छ ।
यस्तै बडहर्वा ताल देखी राजदेवी नपाको बेलबिछवा नजिकै भारतको सिमाना सम्म लगाएइको हजारौ बिरुवा डुवानमा परेर नष्ट भएको छ । त्यहा पनि पुन बिरुवा लगाउने काम भैरहेको बन कार्यालयले जनाएको छ । गौर स्थित र्सिसिया पिपरा सडक खण्डको दायावाया लगाइएको बिरुवा समेत बगाएको छ ।
मसाला, सिसौ, कल्की, सतिसाल, बिजयसाल, लहरे पिपल, टिक लगाएका प्रजातीको बिरुवाहरु नष्ट भएका हुन ।
निजी जमिनका लागएका ६० हजार भन्दा बढी बिरुवा क्षेती भएको जनाइएको छ । पारिवारीक निजी बन संघका जिल्ला सचिव सुदिप गिरीले भने जिल्लाको गरुडा देखी दक्षिण गौर सम्म र बंकुल, औरैया , कटहरीया, बिजयपुर आसपासमा किसानहरुले लगाएको ५० हजार भन्दा बढी बिरुवा बाढी र डुवानका कारण नष्ट भएका छन ।
डिभिजन बन कार्यालय रौतहटले १४ लाख ४० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखेको थियो । आठ लाख बिरुवा बहुबर्षे छन भने ६ लाख ४० हजार बिरुवा एकबर्षे थिए । र डुवानका कारण धेरैसख्यामा बिरुवाहरु नष्ट हुदा ठुलो रकम क्षेती भएको डिभिजन बन कार्यालय रौतहटका डिएफओ बिनोद सिंहले बताए । ।
प्रदेश सरकारले सवै सडक किनारमा रुख लगाउने, घर घरमा बिरुवा रोप्ने कार्यक्रम ल्याएको थियो । अनुसार जिल्लामा ठुलो सख्यामा बिरुवा उत्पादन गरीएको थियो ।