जंगली जनावरले किसानलाई दुख दियो

688

कटहरीया,१ भदौ । जंगली जनावरका कारण रौतहटका किसान समस्यामा परेका छन् । जंगली बंदेल, निलगाई घोडगदाले किसानले बर्षभरी मेहनत गरी खेतमा लगाएको बालीमा क्षति पु¥याउन थालेपछि किसान चिन्तित बन्न थालेका हुन ।
जिल्लाको पश्चिमभेगस्थित झण्डै आधादर्जन स्थानीय तहका हजारौं किसान जंगली जनावरको कारण मारमा परेका छन् । बालीमा क्षति पुर्याउने जंगली जनावरको नियन्त्रण तथा किसानलाई क्षतिपुर्तीको दायित्व राज्यले पुरा नगरेको भन्दै किसानहरुको चिन्ता प्रकट गरेका छन् । फतुवा, विजयपुर, कटहरिया, देवाही गोनाही, मौलापुर र राजपुर नगरपालिका अन्तरगत लालबकैया नदी किनारमा खेती गर्ने किसान पच्छिलो ८÷१० बर्षदेखि जंगली जनावरबाट आर्जित बनेका छन् । भसेढवा, झौआ, कटहरिया, बुनियाद, लक्ष्मीनिया, फतुुआ, हर्षाहा, गमहरिया, मयार्दपुर, कर्कच कमैया, टिकुलिया बौधा, इनरवालगायतका गाँउका किसानहरुले खेतमा लगाएको धानबाली, मकै, उखु, आलु, ग“हुु, धनिया, केरा, रहर लगायतका बालीमा निलगाई घोडगदहा, जंगली बँदेलले ठूलो क्षति पु¥ाएको किसानहरुले बताएका छन् ।

दक्षिणमा भारतीय सिमानादेखि उत्तर वनक्षेत्र सम्म लालबकैया नदीको दुुवै किनारमा रहेका काँसबारी र उखुघारीमा लुकेर बस्ने ठूलो संख्यामा रहेका निलगाई घोडगदा, ब“देल सा“झ परेपछि बारीमा पस्न थाल्छन् । बर्षभरीको मिहिनेत घरको अन्नपात र पैसा खर्चेर आ–आफनो खेतमा लगाएको बालीमा ठूलो संख्यामा जंगली जनावरले क्षति पुर्याउने गरेको कटहरिया नगरपालिका–४ का किसान गणेश साहले बताए । बढ्दो जंगली घोडगदहा मानिने निलगाईको कारण जिल्लाको पश्चिम भेगमा धनिया खेती प्रायः लोपहुने अवस्था बनेको छ । सदीयौंदेखि नगदेबालीको रुपमा रहेको धनियाको गन्ध टाढैबाट सुुँघेर निलगाई भन्ने घोडगदाहाले उक्त बाली सखाप पारेरै छाड्ने गरेकाले किसानहरुले धनिया खेती नै गर्न छाडेको अवस्था छ । कतिपय किसानले जंगली जनावर धपाउन राती–राती पटका समेत पड्काउने गरेका छन् । डिभिजन वन कार्यालय
रौतहटका प्रमुख विनोद सिंहले जंगली जनावरलाई क्षति पुर्याउनु कानुनी अपराध भएको बताए ।