काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ३२ वटै विभागकाे नेतृत्व टुंगाे लगाएको छ । नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले विभाग नेतृत्व छिनोफानो गरेको हो । धेरै आकांक्षी रहेको स्कुल विभागकाे नेतृत्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाउनु भएको छ ।
नेकपाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई विदेश विभाग प्रमुख बनाएको छ । पूर्व प्रधानमन्त्री नेपाल यसअघि एमालेको विदेश विभाग प्रमुख हुनुहुनथ्यो । अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालले नीति अध्ययन प्रतिष्ठानको नेतृत्व पाउनु भएको छ ।
सचिवालय सदस्य वामदेव गौतम संगठन विभाग प्रमुख बन्नु भएको छ । आर्थिक विभाग प्रमुख स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पाउनु भएको छ । प्रवक्ता नाराणकाजी श्रेष्ठ प्रचार विभाग प्रमुख बन्नुभएको छ ।
नेकपाले प्रदेश सहइन्चार्जमा २, २ जना थप्ने निर्णय समेत गरेको छ । । प्रवक्ता श्रेष्ठले एकताको बाँबी काम अब छिट्टै टुंगिने बताउनु भएको । त्यसको लागि सचिवालयको अर्को बैठक शनिबार दिउँसो ४ बजे बस्ने भएको छ ।