सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन

900

गौर,२१ साउन ।
नेपाली सेना इन्द्रवक्स गण पुरेनवा ब्यारेक गौरले आइतबारदेखि पा“च दिनसम्म सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरेको छ ।
आगलागी, भूकम्प, बाढी, डुबान जस्ता विपद्को अवस्थामा विपद्पूर्व, विपद्को दौरान र विपद्पश्चात कसरी सर्वसाधारणको उद्धार गर्ने भन्ने विषयमा नेपाली सेनाका अधिकृत, पदिक र अन्यदर्जा गरी ३५ जनालाई तालिम दिइएको छ ।
श्री नम्बर २ विपद् व्यवस्थापन गण, रसौली ब्यारेक चितवनबाट आएको विपद् व्यवस्थापन गणको खास प्रशिक्षकद्वारा प्रशिक्षण दिने उक्त कार्यक्रमको उद्दघाटन इन्द्रबक्स गणका गणपति प्रमुख सेनानी सामन्तध्वज खांणले गरेका छन् । उद्दघाटन कार्यक्रममा उनले जुनसुकै विपद्मा पनि नेपाली सेना अग्रस्थानमा हुनु पर्ने कुरालाई विशेष जोड दिनु हुदै विपद् पूर्व दिइने यस प्रकारको तालिमले विपद्मा परेका नागरिकको जीउधनको सुरक्षा गर्न ठूलो मद्दत पु¥याउने बताए ।
सदरमुकाम गौरको बरहवा तालमा दिइएको प्रशिक्षणमा प्रशिक्षक क्याप्टेन ललित थापाले बाढी तथा डुबान प्रभावित क्षेत्रमा कसरी सुरक्षितसाथ पुग्ने र पीडितको सकुशल उद्धार कसरी गर्ने भन्ने महत्वपूर्ण तरिका सिकाएका थिए ।
कार्यक्रममा सेनालाई पौडीको जानकारी, रबर तथा मोटरबोटको सञ्चालनको बारेमा पनि विशेष प्रशिक्षण दिएको मेजर पदम पुरीले बताए । उनकाअुनसार गणले यस अघी गौर नगरपालिकाका नगर प्रहरीलाई समेत विपद् प्रतिकार्य तालिम दिएको छ ।
असारको अन्तिम साताको अविरल वर्षाले डुबानमा परेका मानिसलाई उद्दार गर्ने क्रममा विपद् व्यवस्थापन समिति रौतहटले गरेको भूमिका सराहनीय रहेको पाइएको छ । नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको सक्रियतामा डुबानमा परेका पाँच सय ८३ जना मानिसलाई जोखिमयुक्त उद्धार भएको छ भने ११ हजार मानिसको सामान्य उद्धार भएको छ ।