पुरुषसंग चित्त नबुझेपछि कुकुरसग बिहे

527

एजेन्सी–कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ ।
पूर्व स्विमसूट मोडेल एलिजाबेथ होडले आफ्नै कुकुरस“ग बिहे गरेकी छिन् । उनको कुकुर लोग्नेको उमेर ६ वर्षको छ ।
उनको बिहे समारोह विश्वका लाखौं मानिसले हेर्न पाए । किनकि उनको बिहेलाई बेलायतको चर्चित टेलिभिजन शो द मर्निङमा लाइभ प्रशारण गरिएको थियो ।
मिडिया रिपोर्टहरुका अनुसार एलिजाबेथ आफ्नो जिवनकालमा कैयन् सेलिब्रेटीस“ग अफेयरमा रहिन् । उनले २ सय जनाभन्दा धेरै पुरुषस“ग डेट गरिसकेकी छिन् । तरपनि उनले मन खाएको भेट्न सकिनन् । यतिधेरै सँग सम्बन्ध राख्दा समेत चित्त बुझ्दो नपाएपछि उनले आफ्नै कुकुरस“ग बिहे गरेकी हुन् ।
रोचक त के भने कुकुरस“ग बिहे गर्नुअघि अविवाहित नै रहेकी एलिजाबेथको एकजना ब्वायफ्रेण्डस“गबाट एउटा छोरा पनि छ । उक्त छोराको उमेर नै २५ वर्ष पुगिसकेको छ । अब आफूलाई कुनै पनि पुरुषको आवश्यकता नरहेको भन्दै उनले कुकुरस“ग बा“की जिवन बिताउने बताएकी छिन् ।
द मर्निङले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा एलिजाबेथको बिहेको भिडियो शेयर गरेको छ । जसलाई अहिलेसम्म लाखौंले हेरिसकेका छन् ।