थुनुवा मृत्यु प्रकरणःचालक बचाउने खेलमा प्रहरी

349

चन्द्रपुर,१० साउन ।
गत असार १० मा रौतहटमा थुनुवा बोकेको भ्यान पल्टियो । दुई थुनुवा मरे । प्रहरीसहित १० जना मध्ये ८ जना बाँच्न सफल भए । हत्कडी लगाएका अर्को थुनुवाको जोडी मर्नबाट त जोगिए तर बढी घाइते भए । ६ जना प्रहरी हाम्फालेर बाूचे । न्युनतम सुरक्षा पनि नभएको सवारी साधनमा दुई जनाको हातमा एउटा हत्कडी लगाएर गाडी चढाईएका थुनुवा हतकडी कै कारण हाम्फाल्न नसकेर मृत्यु भएको पीडित परिवारको आरोप छ ।
घट्नामा लागुऔषध मुद्दाका चन्द्रपुर ६ का निर्मल साह र सवारी ज्यान मुद्दाका सुनसरी इनरवा ९ का रमेशकुमार चौधरीको दुर्घटनामा ज्यान गएको हो । घट्नाको १ महिना भईसक्दा समेत हालसम्म पनि पीडित परिवारले क्षतीपुर्ती पाएका छैनन् ।
विप्लवको बन्द घोषणाले रौतहटमा सवारी साधनहरु कम चलेका थिए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको दुईवटा जीप राजमार्ग गस्तिमा केन्द्रीत थियो । गाडी अपुग भएपछि इलाका प्रहरी कार्यालयले डिभिजन वन कार्यालयसंग गाडी सहयोग मागेको थियो तर, काठ चोरी तस्करीमा बरामद गरेको बेवारिसे भ्यान स्विकार ग¥यो प्रहरीले ।
मंगलवार दिउसो करीव २ बजे चार जना थुनुवाको म्याद थप गर्न ६ जना प्रहरीसहित त्यही गाडीमा गौर जाने क्रममा चन्द्रपुर नगरपालिका १० बालचनपुर नजिक उक्त गाडी दुर्घटना भयो र २ जना थुनुवा अकालमा मरे ।
वन गस्ती टोलीले बरामद गरेको उक्त भ्यान प्रहरीले करीव तीन महिना अघि लिएको थियो । भ्यान पुरानो थियो । वनले जुन अवस्थामा दियो त्यही अवस्थामा प्रहरीले चलाउ“दै आएको थियो । समय समयमा मर्मत समेत नगरी प्रहरीका हाकिमले मर्मत तर्फ ध्यान दिएनन् र दुर्घटना हुन पुग्यो २ को ज्यान गयो । भ्यानको अगाडीको एक्सल भा“चिएर दुर्घटना भएको प्रहरीको भनाई छ । उक्त भ्यानमा प्रहरीले ज १ च ११८९ नम्वरको रातो प्लेट राखेर चलाउ“दै आएको थियो । भ्यान भारतीय नम्वरको चोरीको गाडी प्रहरीले चलाउन मिल्छ या मिल्दैन भन्ने गम्भिर प्रश्न खडा भएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी कबित कटुवालले घट्ना घटेको बेला आफु बिदामा रहेको बताए । उनी बिदामा घर गएको भएपनि प्रहरीले घटना अगाबै पनि चोरीको गाडीमा थुनुवा बोक्ने गरेको थियो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख कटुवाल बिदामा गएपछि निमित्त प्रमुख बनेका थिए प्रहरी निरिक्षक सन्तोष पाठक । उनकै कार्यकालमा भयानक दुर्घटना भएको भएपनि सामान्य स्पष्टिकरण समेत सोधिएको छैन । बिदामा गएका डिएसपी कटुवाल घट्ना लगत्तै कार्यालय आएर हाजिर भएपनि उनि प्रहरीको सवारी चालक बचाउनमात्रै केन्द्रित बनेको पीडित परिवारको आरोप छ । दुर्घटनामा दुई थुनुवाको मृत्यु भएपछि पीडितका आफन्त तथा स्थानियले बुधबार इलाका प्रहरी कार्यालय घेराउ र सडक बन्द गरेका थिए । प्रहरीको लापरवाहीका कारण दुर्घटना भई थुनुवाको मृत्यूु भएको आफन्तले आरोप लगाउ“दै आएका छन् । पुरानो र मर्मतबीनाको गाडीमा थुनुवालाइ लैजा“दा दुर्घटना भएको उनीहरुको तर्क छ । मृतकका आफन्त तथा स्थानियले न्यायको माग गर्दै इलाका प्रहरी कार्यालय अगाडी चक्का जाम गरेका थिए ।
बुधबार नै पीडितपक्ष र स्थानिय प्रशासनबीच छलफल भयो । छलफलमा पीडित परिवारलाइ १० लाख रुपैया क्षतीपुर्तीको लागी सरकारसंग सिफारीस गर्ने, पीडित परिवारको एकजना सदस्यलाइ योग्यताअनुरुप रोजगारीको व्यवस्था गर्ने र छोराछोरीलाइ निशुल्क पढ्ने वातावतरण मिलाउने सहमति भएको एक महिना पछि मन्त्रिपरिषदले ५ लाख मात्र क्षतीपुर्ती दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत साता बसेका दुई बैठकले गरेका २० निर्णय बिहीबार सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बा“स्कोटाले सार्वजनिक गरेका छन् । जसमा ५÷५ लाख मात्र क्षतीपुर्ती सरकारले दिने भनिएको छ । रौतहटमा जीप दुर्घटनामा परी मृत्यु भएका थुनुवाहरू मुकेश भनिने निर्मल साह र रमेशकुमार चौधरीको परिवारलाई प्रतिपरिवार रू ५ लाख राहत उपलव्ध गराउने निर्णय गरिएको छ । पीडितपक्ष र स्थानिय प्रशासनबीच भएको १० लाख क्षतीपुर्तीको सहमती मन्त्रीपरिषदको निर्णले तोडिदिएकाले आन्दोलनबाहेक बिकल्प नरहेको पीडित परिवारको भनाई छ । यता दुर्घटनामा जीप चालक प्रहरी सहायक निरिक्षक दिनेश चौलागाइको छातीमा चोट लागेर घाईते भएका थिए । उनी उपचारपछि हाल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा हाजिर भईसकेका छन् ।
सवारी नियमानुसार सवारी चालक प्रहरी सहायक निरिक्षक दिनेश चौलागाइलाई पक्राउ गरेर कानुनी कारवाही अगाडी बढाउनुपर्ने भएपनि उनलाई हाजिर गराएर कार्यालय प्रमुख कटुवालले उनको संरक्षण गरिरहेका छन् ।
उनलाई कारवाही गर्नुपर्दैन भन्ने प्रश्नमा डिएसपी कटुवालले केही प्रतिक्रिया जनाएनन् । एउटा हत्कडी दुइजना थुनुवाको हातमा लगाइएकै देखिन्थ्यो । थुनुवालाइ गर्नुपर्ने न्युनतम व्यवहार नगरीएको, थुनुवा भन्ने बितिकै जसो गरे पनि हुन्छ भन्ने मानसिकता रहेको मानवअधिकारकर्मी बिपिन गौतम बताउ“छन् ।