बाढीका कारण रौतहटका सयौं घर डुुबानमा

902
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

गौर,१० साउन । मंगलवार देखि परेको अविरल बर्षाको कारण रौतहटको सयौं घर डुबानमा परेका छन् । लालबकैया नदीमा आएको बाढीले सयौं घर डुुबानमा परेको छ । लालबकैया नदीको बाढीले भारतीय सिमानास“ग जोडिएको ईशनाथ नगरपालिका १ बनजरहा टोल र गौर नगरपालिका महादेवपटीका सयौं घर डुुबानमा परेको हो ।
बाढीको पानीले बनजरहामा एकसय भन्दा बढी घर डुुबानमा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।बनजरहाका विस्थापित परिवारका मानिस विद्यालय, मश्जिद, आफन्त र कतिपय परिवार बाटोमै पाल टाँगेर बसिरहेका छन् ।
विस्थापितमध्ये राजुु शहनीको श्रीमती २२ वर्षीया मनिषादेवी शहनीलाई सुुत्केरीको ब्यथा लाग्दा प्रहरीचौकी बनजरहाका सई अक्षय कुमार साहको नेतृत्वको उद्धार टोलीले डुुंगामा राखेर उद्धार गरेको छ । उनलाई उद्धार टोलीले नै सुत्केरीका लागी सिमावर्ती भारतीय बजारमा पुरयाएको प्रवक्ता कार्कीले जानकारी दिएका छन ।
विस्थापित परिवारका मानिस विभिन्न दाताले उपलब्ध गराएको राहतको भरमा चलिरहेका छन् ।
कतिपय परिवारले भात पकाउने अवस्था नहुदा चाउचाउ र चिउरा खाएर दिन काटिरहेको स्थानीय समाजसेवी गृषनन्दन सिंहले बताए ।
त्यसैगरी अविरल बर्षाको पानीले गौर नगरपालिका महादेवपटी ठोलमा एक दर्जन बढी घर डुुबानमा परेको छ ।डुुबानमा परेका घरका मानिसहरु धर्मशाला, विद्यालय र छिमेकमा बसिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अविरल बर्षा र बागमती, बकैया लगायतका नदीहरुमा आएको बाढीले जिल्लास्थित हजारौं घर प्रभावित भएको छ ।बर्षा र बाढीको पानीले जिल्लाको ८० प्रतिशत भुुभाग डुुबानमा रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
त्यसैगगरी लालबकैया नदीमा आएको बाढीले जिल्लाको कटहरिया, देवाहीगोनाही, फतुुआ बिजयपुर, राजपुर र ईशनाथ नगरपालिकाका विभिन्न वडामा तिब्ररुपमा जग्गा कटान सुुरु गरेको छ । गत असार २७ र २८ गते लालबकैया नदीमा आएको बाढीले कटहरिया,देवाही, गमहरिया,बुुनियाद,लक्षमिनिया,बनजरहा स्थित र बागमती नदीले ब्रहमपुरी लक्षमीपुर बडहवरवा नजिकबाँध कटान गरेको थियो । कटान बाँध मर्मत नहुुँदै बुधवार बिहानैदेखी बागमती र लालबकैया नदीमा पानीको स्तर बढदै गएपछी डुुबानको जोखिम बढदै गएको स्थानीयहरुको चिन्ता छ ।