मुख्यमन्त्री लिग फुटबल तयारी समितिको बैठक सम्पन्न

670

चन्द्रपुर,५ साउन । प्रदेश नं. २ मुख्यमन्त्री लिग फुटबल प्रतियोगिता २०७६ तयारी समिति बैठक सम्पन्न भएको छ । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित रौतहट जिल्ला फुटबल संघ चन्द्रनिगाहपुरको व्यवस्थापनमा बैठक सम्पन्न भएको हो ।
प्रदेश नम्बर २ को खेलको लागि अखिल नेपाल फुटबल संघ एन्फा को निर्देशन अनुसार रौतहट जिल्ला फुटबल संघ चन्द्रपुरले योजना ल्याएको प्रदेश नम्बर २ का संयोजक नेपाल कार्कीले बताए । उनले सो योजनाको लागि २ एजेण्डा अन्र्तगत लिग समिति र कार्यक्रमको लागि बजेट तर्जुमा गरेको बताए ।
शो बैठकमा केन्द्रिय अखिल नेपाल फुटबल संघका केन्द्रीय सहायक महासचिव मो.समिउल्ला, केन्द्रीय सदस्य तापेश्वर राउत,जिल्ला फुटबल संघ रौतहटका अध्यक्ष भगवान दर्लामी,महासचिव मधु सुधन धिताल,सदस्य बाबुराम दाहाल,सुमन कार्की लगाएत प्रदेश नम्बर २ आठ जिल्लाका फुटबल संघ अध्यक्षहरुको उपस्थिती रहेको थियो ।सो मुख्यमन्त्री लिग फुटबल प्रतियोगिताको लागि २५ लाख लागत लाग्ने अनुमान गरिएको संयोजक कार्कीले बताए ।