बलत्कार आरोपमा प्रहरी सहायक निरिक्षक पक्राउ

808

रौतहट,३ साउन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा एक प्रहरीलाई पक्राउ गरेको छ । २० बर्षिय एक युबतीलाई बलत्कार गरेको जाहेरी पीडितको दिदीले दिएपछि प्रहरी सहायक निरिक्षक राजेन्द्र साहलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी कवित कटवालले जानकारी दिए । बारा जिल्ला महागढिमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकबानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई गत असाढ ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा २० बर्षिय महिला लाई बलत्कार गरेको आरोपमा पक्राउ गरिएको कटवालले जानकारी दिए । पक्राउ परेका साह लाई जिल्ला अदालत गौर बाट जबर्जस्ति करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाईएको डिएसपी कटवालले जानकारी दिए ।