पानीको निकास नहुँदा चन्द्रपुर डुबानको जोखिममा

573

चन्द्रपुर ,२७ आसार। तीन दिन देखी लगातार परेको पानीका कारण रौतहटको जनजीवन प्रभाबित बनेको छ । जताततै पानी नै भएपछि आवत जावतमा स्थानीयलाई समस्या परेको छ ।
पानीको निकाश नभएका कारण जिल्लाका धेरै स्थान डुवानमा परेका छन् ।
चन्द्रपुर नगरपालिकाको पुर्व—पश्चिम राजमार्ग क्षेत्र रातभर डुवानमा परेको स्थानीयले बताएका छन् । भएका नाला पुरिएका र नया नाला नबनाईएका कारण डुवानको खतरा सधैं रहिरहने चिन्ताले स्थानीय त्रसित बन्दै आएका छन् ।

पानीको निकास नहुँदा डुबानको खतरा


सडक डिभिजन र चन्द्रपुर नगरपालिकाले पानीको निकाश गर्नेतर्फ चासो नदेखाएका कारण डुवानको खतरा हरेक साल रहने गरेको स्थानीय अर्जुन हुमागाईले जनसरोकारलाई बताए ।
अबिरल पानी परिरहेका कारण कतिखेर डुबानमा परने हो भन्ने त्रासमा स्थानीयबासी बसीरहेका छन् ।
शुक्रबार बिहानै स्थानीयले सुरक्षा निकायको सहयोगमा बिधुत प्राधिकरणको सबस्टेशन अगाडी,होटल मंगलम अगाडी र बिभिन्न स्थानमा जेसिभि लगाएर पानी बग्ने कुलो बनाईएको स्थानीय भरत आचार्य(गरिब)ले जानकारी दिए ।
चन्द्रपुर नगरको बिभिन्न चोकमा पानी जमेको छ । चन्द्रपुर नगरपालिकाको कार्यालयमा त पानी जमेर पोखरीनै बनेको छ । नगरपालिकामा बिभिन्न काम लिएर आउने सेवाग्राहीलाई कार्यालय भित्र छिर्न घुंडा घुंडा पानीबाट नै हिड्नु पर्ने बाध्यता छ ।

डुबानमा पर्नबाट जोगिन खनिएको अस्थाई नाला।


चन्द्रपुरको मुख्य चोकमै पानी जम्न थालेको छ । नगरपालिकाले नाला व्यावस्थित नगरेका कारण नगरको मुख्य चोकमा पानीको खोलानै बग्न लागेको स्थानीयले बताएका छन् । बर्षेनी करोडौंको गाडी खरिद,ईन्धन र भत्तामा खर्च गर्न सक्ने सरकारी निकायले नाला व्यवस्थापन गरेर पानीको निकास दिन नसकेको स्थानीय पत्रकार यादवराज पुरीले बताए । स्थानीयले यथासिघ्र नाला ब्यबस्थापनको काम गर्नुपर्ने माग गरेका छन।