महिला मात्र बस्ने अनौठो टापु

907
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

एजेन्सी–के तपाईले दुनियाको यस्तो कुनै ठा“उको बारेमा सुन्नुभएको छ, जहा“ केवल महिला मात्र जान सक्दछन् ?
महिला मात्र जाने र पुरुषका लागि जान बन्देज रहेको एउटा टापु छ यो दुनियामा । उक्त टापुको नाम सुपरशी टापु हो ।
बाल्टिक समुद्रमा रहेको फिनल्याण्डको उक्त टापु ८.४७ एक्कड क्षेत्रफलमा फैलिएको छ । उक्त टापु सर्वसाधारणका लागि यो वर्ष खुल्ला हुदैछ ।
अमेरिकाकी एक धनाढ्य महिला क्रिस्टिना रोथले उक्त टापु किनेकी छिन् ।
क्रिस्टिनका यस्तो ठाउको खोजी थिइन् जहा“ महिलाहरु आरामस“ग छुट्टी मनाउन सकून् र कुनै समस्या नपरोस् । यो टापु त्यस्तै स्वप्निल ठा“उ हो ।
त्यहा“ महिलाहरुलाई फिटनेश, पोषण तथा अन्य सबैखाले दैनिक आवश्यकताका चिजबिजहरु प्राप्त हुनेछन् । भागदौडबाट मुक्त भएर महिलाहरु उक्त टापुमा समय बिताउन पाउनेछन् ।
यो टापुमा एउटा रिसोर्ट छ । उक्त रिसोर्टको निर्माण सम्पन्न हुनै आ“टेको छ । रिसोर्ट ४ वटा क्याबिन हुनेछन् र ती क्याबिनमा १० जना महिला आरामस“ग बस्न सक्नेछन् ।
उक्त रिसोर्टको बुकिङ खुल्ला भैसकेपछि केवल महिलाहरुले मात्र त्यहा“ कोठा बुक गर्न पाउनेछन् ।
रिसोर्टका कोठा बुक गर्नका लागि केवल पैसा तिरेर मात्र पुग्नेछैन ग्राहकहरुले स्काइपीको माध्यमबाट अन्तरवार्ता नै दिनुपर्नेछ ।
उक्त टापु तथा रिसोर्टकी मालिकनी क्रिस्टिना रोथ टापुमा पुरुषलाई प्रतिबन्ध लगाउनुको अन्य कुनै कारण नभएको र आफूलाई पुरुषहरुप्रति घृणा नभएको बताउछिन् । भविष्यमा पुरुषहरुका लागिसमेत उक्त टापु खुल्ला हुनसक्ने उनको भनाइ छ ।