सामाजिक सञ्जालको दुरुपयोग गर्ने पक्राउ

363

गौर ,२५ असार। सामाजिक सञ्जालको दुरुपयोग गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ, मकवानपुर लगायतका बिभिन्न जिल्लाहरुको महिलाहरुलाई सामाजिक सञ्जालको प्रयोग गरेर दुख दिने,अश्लिल गबिधि गर्ने रौतहटको गौर नगरपालीका वडा नं. ९ सिरीसियाका ३९ बर्षिय उमेश कुमार पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
आरोपी पासवानले ले आफ्ने मोवाईल माफर्त ,ईमो(imo),ह्वाट्सएप{whatsapp}फेसबुक{facebook} जस्ता सामाजिक सञ्जालको प्रयोग गरि अश्लील किसिमका तस्बीरहरु, पठाउने, फोन गरि महिलाहरुको मान मर्यादा माथि खेलभाड गर्न खोजेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई साईबर अपराध अन्तर्गत पक्राउ गरि काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।