विमा रकमको लोभमा छोरीको हत्या गर्ने सार्बजनिक

252

रौतहट, २० असार
विमाको २५ लाख रकम पाउने लोभमा एक जना बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुरमा नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले विमाको रकमको लोभमा ५ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचि हत्या गरेर पोखरीमा फालेको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार पत्रकार सम्मेलन गर्दै आरोपी यादवलाई सार्वजनिक गरेको छ । रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नवीन कार्कीले बिमाको रकम हातपार्नका लागि यादवले छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए । हत्याको भोलिपल्ट पोखरीमा ४ वर्षीया लक्ष्मीको शव फेला परेपछि प्रहरीले अनुसन्धान गरेको थियो ।