नहरमा हालिएको ग्रेभल मापदण्ड विपरीत

315

चन्द्रपुर,१६ असार ।
बागमती सिंचाइ आयोजनाले चन्द्रपुर ५ र ६ मा मुल नहरको बाटोमा हालेको गिटी मापदण्ड अनुसारको नभएको स्थानियले गुनासो गरेका छन् ।
मैढा जाने मुल नहरको बाटोमा पनि ग्रेभल हालेजस्तो मात्रै गरीएको छ । ग्रेभलको नाममा कतै माटो जस्तो बालुवा हालिएको छ भने कतै ठुला ठुला ढुंगाहरु बाटोमा हालिएको छ ।


ठुला ढुंगा नहरको बाटोमा हालिएका कारण मानिस लाइ आवतजावतमा नै समस्या हुदै आएको छ । चन्द्रपुरको मोतीपुर, पुर्वटोल तथा मोथीयाहीका बासीन्दा प्रत्यक्षरुपमा पिडित बन्दै आएका छन ।
नहरको बाटोमा ग्रेभल हालिएको बिषयमा बागमती सिंचाइ आयोजनाले अनुगमन गर्न र बाटोमा मानिस आवत जावत गर्न मिल्ने बनाउन स्थानियले आग्रह गरेका छन ।
असार १६ गते सोमबारको जनसरोकार दैनिकमा प्रकाशित समाचार ।